बागलुङमा ४.५२ प्रतिशत मत बदर


आदर्श अनलाइन, बागलुङ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकोमा अहिले मत बदर संख्या घटेर ४.५२ प्रतिशतमा झरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा खसेको एक लाख ५ हजार ८४६ मत मध्ये चार हजार ७८९ मत बदर भएको मख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार अझै मत बदर संख्या घटाउने आयोगको तयारी भएपनि नागरिकको राजनीति प्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो । डा. भट्टका अनुसार स्थानीय तहमा भएको मत बदर भन्दा अहिलेको मत बदर संख्यामा उल्लेख्य मात्रमा सुधार भएको छ ।

बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा ५४ हजार ७११ र क्षेत्र नम्बर दुईमा ५१ हजार १३५ मत खसेको थियो । बागलुङमा मतदाता संख्याको हिसावले ५३ प्रतिशत मत खस्दा चार हजार ७८९ मत बदर भएको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा ५४ हजार ७११ मत खसेकोमा एक हजार ७१४ मतबदर भई ५२ हजार ७८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नम्बर २ मा ५१ हजार १३५ मत खस्दा तीन हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो ।

“स्थानीय तहको मत बदर संख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडा तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर संख्या घटेको हो” भट्टले भन्नुभयो “स्थानीय तहमा बागलुङमा १० प्रतिशत मत बदर भएको थियो अहिले ४ प्रतिशत मत बदर घटाएका छौं, मतपत्र सजिलो भएको, मतदाता शिक्षाका कारण बदर मत घटेपनि बदरमतलाई अझै तल झार्नुपर्ने आजको आवश्यकता हो ।”

सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मत पत्रमा एक मात्रै चिन्ह लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भएपनि बदर मत चार प्रतिशत भएको हो ।

स्थानीय तहको तुलनामा थोरै भएपनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसंग मिलेर गरेको मतदाता शिक्षा लगायतको सक्रियता हेर्दा मत बदर दुई प्रतिशत भन्दा थोरैमा लैजाने लक्ष्य भएपनि सोचेजस्तो नभएको हो ।

तर मतपत्र बदरमा भने एकरुपता नदेखिएको मत गणनामा सहभागी कर्मचारीहरुले बताएका छन् । चुनाव चिन्ह भन्दा बाहिर गएर छाप लगाउनु स्वभाविक मत बदर भएपनि सबै चुनाव चिन्हमा छाप लगाउनु, छाप नै नलगाएको मतपत्र खसाल्नु जस्ता बदर मतका उदारण हुन् ।

बदर मतमध्ये अधिकांश जानीबुझी समेत मतलाई बदर बनाइएको देखिन्छ भने केही अज्ञानता र शिक्षाको कमीका कामर मत बदर बनाइएको पाइएको गणनामा बसेका कर्मचारीहरु बताउछन् ।

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपर्ने पर्दा धेरै म तबदर भएको पाइएको थियो । त्यसैले भूलवश या नजानेर पनि मत बदर हुने सम्भावना धेरै थियो । तर, अहिले मतदान धेरै सजिलो भएपनि मत बदर भएको पाइएको छ ।

एक मत पत्रमा छ वटा चुनाव चिन्हमा समेत छाप लगाएको पाइएको बागलुङ क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार दुर्गम गाउँ सम्म मतदाता शिक्षा नपुगेको र एउटै व्यक्तिले चार मत पत्रमा छुट्टा छुट्टै छाप लगाउनुपर्ने राजनैतिक दलको गठबन्धनका कारण धेरै मत बदर भएको पाइएको छ ।

“गठबन्धन गरेका दललाई मतदाता शिक्षामा बढी समस्या देखिएको छ, समानुपातिकामा आफ्नो पार्टीलाई, संघमा अर्को चुनाव चिन्हमा र प्रदेशमा अर्को चुनाव चिन्हमा मत हाल्नुपर्ने अवस्थाले मत बदर भएको पाइयो” रिजालले भन्नुभयो “शिक्षाको अभाव, राजनीतिक चेतनाको अभाव र राजनीतिकदलको वितृष्णका कारण समेत मत बदर भएको देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *