टिप्नेबेलाका सुन्तलामा औसा किराको प्रकोप


आदर्श अनलाइन, बागलुङ
बागलुङमा पाक्नेबेलाका सुन्तलामा औसा किराको प्रकोप देखिएको छ । विक्री गर्ने तयारीमा जुटेका किसानलाई औसा सिकारको प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थाले पछि बागलुङका सुन्तला उत्पादक कृषकहरु समस्यामा परेका छन् ।

औँसा किराको कारण सुन्तलाका दाना कुहिएर छनृ थालेपिछ विक्रिको तयारीम ालागेका सुन्तला किसा नझरेका सुन्तला व्यवस्थापन तर्फ लागेका हुन् । जिल्लाभर करिव २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले जानकारी दिनुभयो ।

अन्नवाली छोडेर व्यवसायिक सुन्तला उत्पादनमा लागेका कृषकहरु फल झरे पछि मर्कामा परेका छन् । सुन्तला खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाएका कृषकलाई औँसाको प्रकोपले चुनौती दिएको हो ।

बोटरहेका सुन्तला मध्ये १० प्रतिशत सुन्तला कुहिएर भुइमा झरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोप बहादुर खड्काले बताउनुभयो । “वर्षेनी समस्या पार्दै आएको छ औसा किराका कारण सुन्तला उत्तपादनमा केही कमी आउने देखिएको छ” खड्काले भन्नुभयो “झरेका सुन्तलाको सहि व्यवसथापन गर्न नसक्दा वर्षेनी यस्तो समस्या आइरहेको छ ।”

सुन्तला लगायत अमिलो प्रजातिका फलफूलमा औँसा किराको प्रकोट देखिए पछि कृषि ज्ञान केन्द्रले कृषकको सुन्तला बगैचामा पुगेर त्यसको अध्ययन तथा रोकथाम र व्यवस्थापनबारे सचेत गराएको केन्द्र प्रमुख भट्टराइले बताउनुभयो । ज्ञान केन्द्रको प्राविधिक टोली औँसा किराको समस्याबारे बुझ्न बागलुङ नगरपालिका–१३ पाग्जा लगायतका स्थानमा पुगिसकेको छ ।

औँसाको जीवन चक्र अध्ययन गर्न ज्ञान केन्द्रले प्लाष्टिकको बोतलमा माटो हालेर त्यसमा औसा राखेको छ । माटोमा राखेको ६ दिनमा प्युपाबाट लार्भा भएको उहाँले जानकारी दिनुभयो । कुन समयमा विषादी प्रयोग गर्दा औँसा बढी भन्दा बढी मार्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।
जिल्लाभरी समस्या कै रुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियत्रण एक दुई जना कृषकहरुले मात्रै गरेर सम्भव नहुने भएकाले फल कहिएर झर्न समस्या देखिएको सबै बगैचामा अभियानकै रुपमा नियत्रण अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।

अमिलो जातको फलफूल सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिर लगायतका फलफूलमा यो गरेको संक्रमण फैलिएको छ । बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औषका लार्भाहरु माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जाने सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न आवश्यक रहेको कार्यालय प्रमुख भट्टराईको भनाई छ । झरेका दानामा भएका औँसालाई माटोमा हुर्कन नदिन दाना टिपेर प्लाष्टिकको झोलामा पोको पारेर राख्नु पर्ने हुन्छ ।

बागलुङको सिगाना, तित्याङ, बिहुँ, भकुण्डे र सर्कुवा लगायतको स्थानमा सुन्तलाको बढी उत्पादन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *