बागलुङमा समानुपातिक तर्फ कांग्रेस पहिलो

डम्मर बुढा मगर, बागलुङ
प्रत्यक्ष तर्फ प्रदेश सभामा चार सिट जितेको नेपाली कांग्रेस बागलुङमा पहिलो पार्टी बनेको छ । जिल्लामा पहिलो शक्तिका रुपमा रहँदै आएको कांग्रेसले यस पटक पनि आफ्नो साख जोगाएको छ । समानुपातिक तर्फ प्रतिनिधि सभामा कांग्रेसले ३२ हजार ७७६ मत पाउँदा नेकपा एमालेले ३० हजार ८९६ मत पाएको छ ।

प्रतिनिधि सभामा बागलुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी र बागलुङ–२ बाट माओवादी केन्द्रका सचिव तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल विजयी हुनु भएको छ । कांग्रेसले बागलुङ–१ मा प्रतिनिधि सभा तर्फ १६ हजार ४५३ र बागलुङ–२ मा १६ हजार २८३ मत पाएको हो ।

कांग्रेसले बागलुङ–१ मा जनमोर्चाका केसी र बागलुङ–२ मा माओवादी केन्द्रका पौडेललाई सघाएको थियो । कांग्रेसको आफ्नो उम्मेदवार थिएनन् । नेकपा एमालले प्रतिनिधि सभा तर्फ बागलुङ–१ बाट १५ हजार ४२१ र बागलुङ–२ बाट १५४६८ मत पाएको छ । एमाललेले दुई वटै प्रतिनिधि सभामा क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको थियो ।

प्रतिनिधि सभा तर्फ समानुपाति मत पाउनेमा माओवादी केन्द्र तेस्रो स्थानमा देखिन्छ । माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा झिनो मतले अगाडि छ । माओवादी केन्द्रले ११ हजार २०४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ३३ मत ल्याएको छ । राष्ट्रिय जनमोर्चाले भने जम्मा आठ हजार ३३३ मत पाएको छ ।

प्रदेश सभा तर्फ एमाले कांग्रेसभन्दा झिनो मतले अगाडि देखिन्छ । बागलुङ– १ का दुई प्रदेश सभामा एमालेले १६ हजार ९६५ लिएको छ भने कांग्रेसले १६ हजार ५३७ मत पाएको छ । बागलुङ–का प्रदेश सभामा एमालेको १६ हजार २०६ मत छ भने कांग्रेसको १४ हजार ५९८ मत रहेको छ । एमालेले कुल प्रदेश तर्फ कुल मत ३३ हजार १६२ मत पाएको छ भने कांग्रेसले ३१ हजार १६५ मत पाएको छ ।

माओवादी केन्द्रले १३ हजार ५६८ मत पाउँदा राष्ट्रिय जनमोर्चाले ११ हजार ८३३ मत पाएको छ । प्रदेश सभा तर्फ बागलुङ–१ (१) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा, १ (२) मा डिल्लीराम सुवेदी, बागलुङ–२ (१) मा कांग्रेस बागलुङका समापति जितबहादुर शेरचन र २ (२) मा दोर्णकुमार कुँवर विजयी हुनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *