बागलुङबाट नक्कली प्रशासकीय अधिकृत पक्राउ


आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको शहिद लखन गाउँपालिका–४ का आकाश चन्द्र परियार पक्राउ गरेको हो ।

प्रहरीले बजारमा ठगी गरेको भन्ने सुचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरीले निजामति कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू र आकाश चन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

पक्राउ परेका परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद रु. ६३ हजार, पेनड्राईभ लगायतका दशिका सामानहरू फेला पारेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *