आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका उम्मेदवार चुनाव पछि समेत गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् ।
चुनवाको समयमा मात्रै गाउँ आउने मतदाताको चर्को गुनासो पछि विजयी उम्मेदवारहरुगाउँमा धन्यवाद दिन पुगेको सन्र्दभमा बागलुङमा भने चुनावमा पराजित उम्मेदवारहरु समेत मतदातालाई धन्यवाद दिन गाउँ छिरेका छन् ।
बागलुङमा पछिल्लो समय असल राजनीतिक संस्कार देखिन थालेको छ । उम्मेदवारहरुबीचको हार्दिकता, विजयी र पराजय उम्मेदवार बीच बधाई साटासाट देखि पराजय भएका उम्मेदवारहरु मतदाताहरुलाई धन्यवाद दिन गाउँ पुग्नुले बागलुङमा असल राजनैतिक संस्कार दैखिदै आएको छ ।
बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार तथा केन्द्रिय सदस्य डा. सुर्य प्रसाद पाठक र बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी अहिले निर्वाचन पछि समेत मतदाताहरुको घर–घरमा पुग्नुभएको छ ।
केही अंकगणितमा चुनावी परिणामा आफ्नो पक्षमा नआएपनि लोकप्रिय मतका लागि जनतालाई धन्यवाद दिन कार्यतालिका निर्माण गरेर मतदाता भेट्न गाउँ–गाउँमा पुगेको एमाले अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।
“पाँच दलीय गठबन्धका बीच समेत प्रतिस्प्रधाका लागि जनताले लोकप्रिय मत दिएका छन्, निर्वाचन परिणामलाई स्विकादै मतदाताको बीचमा निर्वाचन अघिकै शैलिमा घरदैलो तथा भेटघाटका लागि मंगलवारबाट अभियान शुरु गरेका छौं” केसीले भन्नुभयो “बागलुङ नगरपालिका–१ बाट शुरु भएको मतदाता धन्यवाद कार्यक्रम बुधबार सम्म बागलुङ बजार, बागलुङ नगरपालिका–४ हुँदै बानपा पाँच मालिका र बागलुङ नगरपालिका–६ सम्म पुगेका छौं, संभव भएसम्म सबै वडामा पुग्ने लक्ष्य छ ।”
नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार तथा निवर्तमान संघीय सांसद डा. सुर्य पाठकले स्वभाविकरुपमा निर्वाचनको परिणाम आइसकेपछि जनताको घरदैलोमा धन्यवाद दिदै हिडेको बताउनुभयो ।
डा. पाठकले निर्वाचनको समयमा जनताले चुनावमा मात्रै मत माग्न आउने भन्ने ज्यादा गुनासो पश्चात चुनावपछि समेत निर्वाचनको परिणामलाई स्विकादै जनताको घरदैलोमा पुगेको बताउनुभयो ।
“जनताको गुनासो आफ्ना प्रतिनिधि घरदैलोमा आउन भन्ने छ, निर्वाचनको समयमा जसरी जनताको बीचमा मत माग्न पुग्यौ त्यसैगरी मतदातालाई धन्यवाद दिन अहिले घरदैलोमा छौं,” डा. पाठकले भन्नुभयो “राजनीतिमा एउटा संस्कार ल्याउन आवश्यक छ, अब एकले अर्कालाई गाली गरेर नभएर विकासका एजेण्डा लिएर निर्वाचनमा जानु पर्दछ भन्न सन्देश एमालेको हो ।”