ब्लड क्यान्सर पीडित विकको उपचारमा अर्थअभाव

आदर्श अनलाइन, बागलुङ

ब्लड क्यान्सर पीडित श्यामलाल विश्वकर्माको उपचारमा अर्थअभाव भएको छ । बागलुङको गलकोट नगरपालिका–११ रिघाका ३७ वर्षिय श्यामलाल विश्वकर्माको उपचारमा आर्थिक संकट पैदा भएपछि उहाँको परिवारले सहयोगको याचना गरिएको छ ।

सामाजिक काममा सक्रिय विश्वकर्माको तीन वर्ष अघि समेत व्लड क्यान्सरको उपचार गरिएको थियो । २०७६ सालमा विश्वकर्मालाई थकाई लाग्ने, खान मन नलाग्ने र जिउँ भारी हुनेभएपछि उपचारका लागि जिल्ला अस्पताल देखि भरतपुर क्यान्सर अस्पताल सम्म पुग्नुभएको थियो ।

सामान्य अवस्थाको क्यान्सर भएकाले औषधी सेवनबाट निको हुने डाक्टरको सल्लाहबाट घर फर्कनुभएका विश्वकर्मा अहिले पुनः ब्लड क्यान्सरको लडाईसंग रहनुभएको छ ।

व्लड क्यान्सर पहिलो चरणमा रहेकोले १५ दिनको उपचार गर्नको लागि डाक्टरको सुझाव अनुसार उपचार पछि घर फर्केपनि पुन तीन वर्षपछि स्वास्थ्यमा समस्या देखिएर परिक्षण गर्दा व्लड क्यान्सरको अन्तिम चरणमा पुगेको श्यामलाल विश्वकर्माका भाई देव विश्वकर्माले जानकारी दिनुभयो ।

“तीन वर्ष अघि १५ दिन भरतपुर क्यान्सर अस्पताल र म्याक्स फाउन्डेसनको सहयोगमा उपचार गरियो, उहाँको स्वास्थ्य त्यति जटिल समेत थिएन” देव विश्वकर्माले भन्नुभयो “तर अहिलेको दशंैमा उहाँलाई पुन समस्या देखियो उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजादा व्लड क्यान्सरको अन्तिम चरणमा पुगेको पत्ता लाग्यो, आर्थिक अवस्था नाजुक छ, हाल सम्म उपचारमा १० लाख खर्च भइसकेकाले उपचारमा थप सहयोग रकम आवश्यक छ ।”

हाल विश्वकर्माको उपचार भारतको राजिव गान्धी अस्पतालमा भइरहेको छ । विश्वकर्मा परिवारको आर्थिक अवस्था कमजोर रहेको र बोन म्यारो प्रत्यारोपण र किमो थेरापी गर्दा उपचार निकै खर्चिलो हुने भएकाले उपचारमा आर्थिक समस्या भएको विश्वकर्माको परिवारले जनाएको छ ।

उपचारका लागि रु. २४ लाख खर्च लाग्ने भएपछि परिवारले उहाँको उपचारर्थ सहयोगको लागि वाह्वान गरेको छ । सहयोग अभियान अन्र्तगत गलकोट नगरपालिकामा कार्यरत कर्मचारी, वैदेशिक रोजगारीमा रहेकाहरुबाट जम्मा दुई लाख सहयोग संकलन भइसकेको छ ।

क्यान्स पीडित बिश्वकर्मा अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष, छिचिम्रा आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य लगायतका विभिन्न संघ संस्थामा समेत आवद्द हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *