अक्सिजनमा आत्मनिर्भर धौलागिरी

आदर्श अनलाइन बागलुङ
समय अक्सिजनको चरम संकट भोग्दै आएको बागलुङको धौलागिरी अस्पतालले अहिले आफै अक्सिजन निर्यात गने अवस्थामा पुगेको छ ।

धौलागिरी अस्पतालमा कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पताल परिसरमा रु. तीन करोड लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । विगत दुई महिनादेखि प्लान्ट सञ्चालनमा आएर अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । साविक धौलागिरी अञ्चलका जिल्लाहरुमा अक्सिजन निर्यात गर्न थालेको हो । अक्सिजन उत्पादन संगै धौलागिरी अक्सिजनमा आत्मनिर्भर बनेको छ ।

निजि कम्पनीबाट अक्सिजन खरिद गरेर विरामीको उपचार गर्दै आइरहेको अस्पतालमा चार वर्ष अघि २५ शैयालाई पुग्ने अक्सिजन प्लान्ट गण्डकी प्रदेशको रु. ५० लाखको लागतमा स्थापान गरिएको थियो । त्यस लगत्तै कोरोना सक्रमण बढ्दै जानु र अस्पतालमा विरामीको संख्यामा उल्लेख्य वृद्धि हुँदा सानो अक्सिजन प्लान्टले थेग्न नसक्दा कोरोनाको दोस्रो लहरमा पोखराबाट शिलिण्डरमा अक्सिजन ल्याएर कोरोनाका विरामीको ज्यान बचाएको अस्पतालले अहिले अन्य जिल्ला अस्पताल, पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन विक्रि गर्न थालेको धौलागिरी अस्पताल बागलुङका प्रशासकीय अधिकृत तेज प्रसाद न्यूरेले जानकारी दिनुभयो ।

रु. तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टले धौलागिरी अस्पतालमा विरामीलाई चाहिने भन्दा बढी अक्सिजन उत्पादन गरेकाले अन्य अस्पताल र निजी क्षेत्रलाई अक्सिजन भरेर लैजाने व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले बढी उत्पादन भएको अक्सिजन सुलभ मुल्यमा निर्यात गर्दा अक्सिजन्ट प्लान्ट सञ्चालन खर्चको समेत जोहो हुने बताउनुभयो । “सडक अबरुद्ध हुँदा झोलुङ्गे पुल तारेर समेत अक्सिजन शिलिण्डर ल्याएर कोरोनाका दोस्रो लहरमा विरामीको ज्यान बचाइयो, पछि सरकारले धौलागिरी क्षेत्रलाईनै पुग्नेगरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन ग¥यो” न्यूरेले भन्नुभयो “अहिले पर्वत जिल्ला अस्पतालमा अक्सिजन आवश्यक परेमा लैजानु हुन्छ, बागलुङका पालिका अस्पतालहरुलाई अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्रचार गरिसकेका छौं, हाम्रो अक्सिजन निजि कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुन्छ, कोरोना जस्तो सम्भावित महामारीको समयमा धौलागिरीमै अक्सिजन आपूर्ती गर्न अस्पतालले सक्ने भएको छ ।”

न्यूरेका अनुसार अक्सिजन प्लान्टबाट अक्सिजन भर्नाका लागि न्यूनतम शुल्क समेत अस्पतालले निर्धारण गरिसकेको छ । सानो शिलिण्डर, मध्यम र ठूलो गरी तीन वटा अक्सिजन शिलिण्डर भर्नका लागि दररेट कायम गरिएको र नीजि क्षेत्रले खरिद गर्दा भ्याट रकम सहित अतिरिक्त रु. ५० बढी लाग्ने छ ।

सानो अक्सिजन शिलिण्डरको रु.३७०, मध्यमको ६५० र ठूलो अक्सिजन शिलिण्डरको एक हजार ३०० मा भर्ने व्यवस्था मिलाइएको छ । धौलागिरी अस्पतालमा कोरोनाको दोस्रो लहरमा औधोगिक क्षेत्रमा रहेका अक्सिजन शिलिण्डरहरु प्रयोग गरेर नागरिकको उपचार गरेपनि पछिल्लो समय अक्सिजन शिलिण्डरहरु समेत अस्पताललाई प्रयाप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.अभिषेक वाग्लेले जानकारी दिनुभयो ।

“अक्सिजन शिलिण्डरमा भरेर राखिन्छ, अघिपछि अक्सिजन बढी उत्पादन भएर खेर गइरहेको हुन्छ, तर महामारीमा अक्सिजनको धेरै महत्व हुन्छ त्यसैले अस्पताललाई पुगेर समेत अन्य अस्पतालमा निर्यात गर्न सक्ने गरी अक्सिजन उत्पादन भइरहेको छ” डा. वाग्लेले भन्नुभयो “मानिसको जीवन बचाउनका लागि अत्यावश्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन हुनु र आवश्यक पर्दा अन्य जिल्लाका अस्पताल र पालिका अस्पतालमा भरेर पठाउन सकिने भएकाले धौलागिरी वासी अक्सिजनमा आत्मनिर्भर भएका छन् ।”

धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्नेगरी २०० शैयाको बनाउदा अक्सिजन प्लान्टले उत्पादन गरेको अक्सिजन अस्पतालमै खपत हुन सक्ने अस्पतालको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *