सहकारी समुदायको विश्वासिलो सारथी हो : रजिष्ट्रार घर्ती

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारण सभा एकाइगत रुपमा बागलुङ नगरपालिका–३ र ४ मा शनिबार सम्पन्न भएको छ । मंगलवार काठेखोला गाउँपालिका–७ रेशबाट शुरु भएको साधारणसभा एकाइगत रुपमा सञ्चालन भइरहेको छ ।

No description available.

६ वटा एकाईमा सञ्चालन हुने साधारणसभाको चौथो कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रमेश घर्तीले सहकारी समुदायको सबैभन्दा नजिक र विश्वासिलो सारथी रहेको बताउनुभयो । उहाँले सहकारी निश्चित व्यक्तिको नियन्त्रणमा नभई समग्र समुदायको हितमा केन्द्रित हुने भएकाले समुदायलाईनै प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । रजिष्ट्रार घर्तीले गैर शेयर सदस्यको कारोबार बन्द गर्नु पर्ने भन्दै सहकारीहरुको नियमनलाई गण्डकी प्रदेश सरकारले तिब्रता दिएको र कार्वाही समेत थालेको बताउनुभयो ।

No description available.

‘हामीले सहकारी नियमनलाई तिब्रता दिएका छौं, केही सहकारीलाई जरिवान गरिसक्यो, गैर शेयर कारोबार पूर्ण बन्द गर्नु पर्दछ’ घर्तीले भन्नुभयो ‘हरेक सहकारीको गतिविधि पारदर्शी हुनुपर्दछ, केही सहकारीको समस्याले समग्र सहकारीको बद्नाम गर्नु हुदैन ।’ उहाँले सञ्चार क्षेत्रमा यस सहकारी गण्डकी प्रदेशमा नभई नेपालमै नमूना सहकारी रहेको बताउनुभयो ।

No description available.

कार्यक्रमम जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम बहादुर जिसी, संस्थाका सल्लाहकार अम्मर बहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको समग्र अवस्था, सहकारीमा सदस्यको भूमिका र सहकारीलाई सफल बनाउन सदस्यले गर्नु पर्ने कार्यहरुका बारेमा सहजीकरण गर्नु भएको थियो भने संस्थाका सचिव ललिता थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा सर्वोत्कृष्ट बचतकर्ता कमल लामिछाने र कमल प्रसाद श्रेष्ठ, उत्कृष्ट बचतकर्ता गंगा केसी, राजन सापकोटा, भुपेन्द्र केसी, शान्ति लक्ष्मी श्रेष्ठ, सुरेश प्रसाद श्रेष्ठ र कमला महत प्रसंशा पत्र सहित सम्मानित हुनु भएको थियो ।

No description available.

त्यस्तै उत्कृष्ट दीर्घकालीन बचतकर्ता तर्फ रमेश खड्का, दीर्घकालनि बाल बचत तर्फ मासुम क्षेत्री, उत्कृष्ट कर्जा तर्फ कौशिला चर्मकार र उत्कृष्ट जोडी तर्फ कमल लामिछाने र राधिका शर्मालाई सम्मान गरिएको थियो ।

No description available.

सो अवसरमा जेष्ठ सदस्यलाई पेन्सनसमेत वितरण गरिएको थियो । जेष्ठ नागरिक प्रेम छोटा, हर्क बहादुर खत्र्री, विश्वनाथ रेग्मी, जुद्धराज पराजुली, मिना कुमारी पराजुली, तुल बहादुर केसी र कपुरजंग राजभण्डारीलाई पेन्सन वितरण गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट सञ्चालकका रुपमा शान्ति लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रममा जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । संस्थाका शेयर सदस्य तथा पर्वत जिल्ला समन्वय समितिका उपप्रमुख सोम बहादुर जिसी, बानपा ३ का वडा सदस्य नगेन्द्र बहादुर केसी र सोही वडाका वडा सदस्य पवित्रा केसीलाई सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रमका अवसरमा संस्थाले अपाङ्गता भएका शेयर सदस्यलाई पनि अपाङ्गता भत्ता दिएको छ । बानपा–३ की ममता कार्की, विकल थापा, सुधन बज्राचार्य, शिवकली क्षत्री, कृष्ण कुमार आचार्य र विकास शर्मालाई अपाङ्गता भत्ता दिईएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

No description available.

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो ।

No description available.

संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियान सञ्चालन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारसंगै धौलागिरी क्षेत्रमा सहकारीताको विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

No description available.

सहकारीका सकारात्मक विषयहरुलाई आम समुदायमा पु¥याउनुका साथै सहकारीमा सुधार गर्नु पर्ने विषयमा सचेत बनाउदै आएको छ ।

No description available.

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

No description available.

यस आर्थिक वर्षदेखि सहकारी नमुना गाउँ, वातावरण संरक्षण, सहकारी पुस्तकालय, विपन्नका लागि छात्रवृति लगायतका कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.No description available.
No description available.
No description available.
No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.
No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *