आदर्श संचार सहकारीको अध्यक्षमा पुनः जिसी

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुनः हुमाकुमारी जिसी (अञ्जु) चयन हुनु भएको छ । संस्थाको १६ औँ वार्षिक साधारणबाट जिसी सर्वसम्मत रुपमा अध्यक्षमाम चयन हुनु भएको हो ।

This image has an empty alt attribute; its file name is IMG_9984-627x418.jpg

समितिको उपाध्यक्षमा ललिता थापा, सचिवमा सरस्वती खड्का परियार, सह–सचिवमा कमल लामिछाने र कोषाध्यक्षमा शान्ति लक्ष्मी श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ । संस्थाको संचालक सदस्यहरुमा गीता खड्का, अम्बिका जिसी, खिमबहादुर केसी, राजकपुर श्रेष्ठ, राधिका केसी, जयराम शर्मा, लेखबहादुर जिसी, लक्ष्मी पौडेल खत्री पन्त चयन हुनु भएको निर्वाचन उप–समितिका संयोजक दीपक गौतमले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_9987-627x418.jpg

लेखा सुपरीवेक्षण समितिको संयोजकमा अनन्तबहादुर खड्का, सदस्यमा मुरारी गैरे र भीमकला शर्मा चयन हुनु भएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

This image has an empty alt attribute; its file name is IMG_9990-627x418.jpg

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_9992-627x418.jpg

संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियान सञ्चालन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारसंगै धौलागिरी क्षेत्रमा सहकारीताको विकासमा महत्वपूर्ण योगदान गरेको छ । सहकारीका सकारात्मक विषयहरुलाई आम समुदायमा पु¥याउनुका साथै सहकारीमा सुधार गर्नु पर्ने विषयमा सचेत बनाउदै आएको छ ।

This image has an empty alt attribute; its file name is IMG_9993-627x418.jpg

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *