क्यान्सर पीडित शेयर सदस्यको सहयोगार्थ आदर्श सञ्चारको सहयोग अभियान

आदर्श अनलाइन, बागलुङ,
क्यान्सर पीडित शेयर सदस्य श्यामलाल विकको उपचारमा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ ।

संस्थाको १६ औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको मंगलवार सम्पन्न पहिलो संयुक्त वैठकले क्यान्सर पीडित शेयर सदस्य विकको उपचारमा सहयोग पु¥याउनका लागि सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

संस्थाका शेयर सदस्यहरुको संकटमा संस्थाले सहयोगीको भूमिका निर्वाह गर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो, हामीले विगत देखि नै अप्ठेरो परेका शेयर सदस्यहरुलाई सक्दो सहयोग गर्दै आएको छौ,–‘नवनिर्वाचित अध्यक्ष हुमा कुमारी जिसीले भन्नुभयो, श्याम लाल विकको उपचारका लागि हाम्रा शेयर सदस्य र अन्य महानुभावहरुलाई सक्दो सहयोग गरिदिन आव्हान गरेका छौ ।’

आदर्श सञ्चार सहकारी संस्थामा ३३ सय जना शेयर सदस्यहरु छौ, सबै शेयर सदस्यहरुले १ सय रुपैया सहयोग गर्दा ३ लाख ३० हजार हुन्छ, हामीले शेयर सदस्यहरुलाई सक्दो सहयोगका लागि आव्हान गरेका छौ, अध्यक्ष जिसीले भन्नुभयो, एकजना सदस्यलाई अप्ठेरो पर्दा सबै सदस्यले सक्दो सहयोग गर्नु हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ । सहकारीको मर्म पनि एउटालाई दुख पर्दा अरु धेरैले सहयोग गर्ने हो, जिसीको भनाइ छ ।

ब्लड क्यान्सरबाट पीडित विकको भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । उपचार अत्यन्तै खर्चिलो हुने भएको र घरको आर्थिक अवस्था कमजोर भएको हुदा विभिन्न संघ संस्था लगायतसंग परिवारले सहयोगका लागि अनुरोध गरेका छन् ।

गलकोट नगरपालिका वडा नंं ११ वडा कार्यालयले क्यान्सर पीडित विकको उपचारका लागि आव्हान गरेको वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *