सात वर्षपछि उच्च अदालतको पुननिर्माण शुरु

आदर्श अनालाइ, बागलुङ

सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश हरी कृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमश समाधानउन्ुमख भएको बताउनुभएको छ । उहाँले सामुहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फछ्यौट गर्न थालिएको बताउनुभयो ।

उच्च अदालत पोखरा बागलुङ इजलाशको सुविधा सम्पन्न भवन निर्माणका लागि शिलान्याश पश्चात सम्बोधन गर्दै कायम मुकायम प्रधान न्यायाधीश हरी कृष्ण कार्कीले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्ै व्यवस्थापन गर्ने र न्यायलयमा विचलन आउन नदिन न्यायलय सुधारका धेरै योजना अहिलेका कर्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

“न्यायलयमा केही समस्या नभएका होइनन् छन् त्यसलाई विस्तारै सुधार गर्न लागिएको छ, अहिले गोलाप्रथाद्वारा न्यायसम्पादन भइरहेको छ, पाँच वर्ष बढीका मुद्दालाई तिब्र रुपमा फछ्यौट गर्ने कार्य भइरहेको छ”कार्कीले भन्नुभयो “अल्पकालिन अन्तरिम आदेश लिएर लामो समय अल्झाउने कार्यलाई अहिले एक हप्ता भित्रै ल्याएका छौं, सामुहिक प्रयासमा मात्रै न्यायसम्पादनलाई शहर बनाउन सकिन्छ ।”

न्यायाधिश कार्कीले उच्च अदालत पोखरा बागलुङ इजलाशको भवन समयमै गुणस्तरीय सामाग्री प्रयोगसंगै सम्पन्न हुनेमा आश व्यक्त गर्नुभयो । उहाँले अदालतका पूर्वाधारहरु गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

२०७२ सालको भुकम्पले छिया–छिया बनाएको भवन सात वर्ष पछि पुनःनिर्माण थालिएको हो । ३० महिना भित्र अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी रु. ५७ करोड ४२ लाखमा श्याम सुन्दर पशुपती जेभी काठमाण्डौले ठेक्का मार्फत काम शुरु गरेको छ । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तिब्रता पाएको छ ।

अदालतको भवन प्रविधिमैत्री, अपाङ्ग मैत्री, भुकम्प प्रतिरोधी बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवन भन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन शहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।

भुकम्पले छिया–छिया पारेको उच्च अदालत पोखरा बागलुङ इजलाशको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । भुकम्पपछि चिरा परेको भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भएपनि सात वर्ष देखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेको थियो ।

अहिले उच्च अदालत पोखरा बागलुङ इजालशले एक हप्ता देखि जिल्ला अदालत बागलुङबाट न्याय सम्पादन गरिरहेको छ । भुकम्पले चिरा परेको भवन सात वर्ष पछि पुन निर्माण गर्नका लागि अहिले धमाधम भवन भत्काउने कार्य भइरहेको छ भने उच्च अदालतको सेवा जिल्ला अदालतको भवनबाट दिइएको उच्च अदालत पोखरा बागलुङ इजलाशका रजिष्ट्रार नेत्र प्रसाद भुषालले जानकारी दिनुभयो ।

“अदालतको भवन निर्माणका लागि भुकम्पपछिनै पहल भइरहेको थियो, ठूलो लागत भएकाले भवन निर्माणमा बजेट आएको थिएन, अहिले ठेक्का मार्फत भवन निर्माणका लागि पुरानो भवन भत्काउने कार्य भइरहेको छ” अधिकारीले भन्नुभयो “न्याय सम्पादनलाई एकदिन नोरोकी जिल्ला अदालतको भवनको छतमा ट्रष्ट राखेर अस्थायीरुपमा सेवा दिन थालेका छौं, तीन वर्षमा उच्च अदालत पोखरा बागलुङ इजलाशले नयाँ भवन पाउनेमा आशावादी छौं ।”

उच्च अदालत पोखरा बागलुङ इजलाश भएको जग्गामा ५७ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माणका लागि ठेक्का मार्फत काम थालिएको रजिष्ट्रार भुषालले बताउनुभयो । प्राविधिकरुपमा बस्नै नमिल्ने अदालतको भवनलाई मर्मतपश्चात अहिले सम्म सेवा दिदै आइएको थियो । जिल्ला अदालतको दुई तलाबाट अहिले उच्च अदालतको सेवा दिन थालिएको छ ।

अदालतको भवन श्याम सुन्दर पशुपती जेवी काठमाण्डौले निर्माण थालेको हो । रु. ५७ करोड लागतमा निर्माण हुन थालेको उच्च अदालतमा ६ वटा इजलाश कक्ष हुनेछन् । ३० महिना भित्र भवन निर्माण सक्नेगरी पुननिर्माण थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *