कार्यालयमै जुवातास खेल्दै म्याग्दीका ट्राफिक प्रहरी


रोहन जि.सी, बागलुङ
सवारी साधन नियमको उल्लङघन गर्नेलाई कार्वाही गर्न खटाइएका म्याग्दी ट्राफिक प्रहरी आफ्नै कार्यलयमा जुवा खेल्न मस्त भएको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापा सहितका अन्य ट्राफिक प्रहरीहरु ट्राफिक पोषाक र बर्दिमैै शनिबार कार्यालयमा जुवातास खेलिरहेको पाइएको छ ।

लामो समयदेखि जिल्ला भित्र चल्ने पिकअप, टयाक्टर र विना कागजपत्रका ठुला सवारीसाधन बाट रकम असुल्ने गरेको आरोप खेप्दै आएको म्याग्दी ट्राफिक प्रहरी अहिले आफ्नै कार्यालयमा जुवा तास खेलेपछि पुन बिबादमा तानिएको छ ।

सवारीसाधनलाई अनावश्यक हैरानी खेप्न बाध्य बनाएको ट्राफिक प्रहरीले आफै कानूनको धज्जी उडाएको छ । उनिहरुले शनिबार सवारीसाधनको नियमनका लागि ड्युटीमा नखटिएर जुवातास खेलेको पाइएको हो । जिल्ला ट्राफिक कार्यालयले अनावश्यक दुख दिइरहेको सवारीधनीहरुले समेत गुनासो गर्दै आइरहेका छन् ।
‘केही हुन्छ कि भनि घरखेत बेचेर सवारी साधान किनियो हामी संग आवश्यक कागजात, रुट परमिट सबै हुन्छ तर कुनै न कुनै बाहना बनाएर ट्राफिक प्रहरीले अनावश्यक दुख दिइरहेको छ’ म्याग्दीका एक सवारी धनीले नाम नबताउने सर्तमा गुनासो गर्नुभयो । प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले कार्यकक्षमा तासखेलेको दृश्य पुरानो भएको दाबी गर्नुभयो । उहाँले दशैताकाको दृश्यक भएको भन्दै आफूहरुबाट गल्ती भएको स्विकार गर्नुभयो ।

सवारीसाधनलाई दुख दिने आफ्नो नियत नभएको भन्दै सवारीसानधले नियमको पालना गर्नुपर्ने बताउनुभयो । चर्को आवाज निकालेर गुडाउने मोटरसाइकलका साइलेन्सर पाइप निकाली जफत गरेर विभिन्न ग्यारेजमा विक्रि समेत गरेको स्थानीयको गुनासो छ ।
जिल्लाको सवारी सुरक्षालाई नियमन गर्ने निकायनै यस्ता खालका क्रियाकलापमा सलंग्न भएको देख्दा म्याग्दी जिल्लावासीको ट्राफिक प्रहरी प्रति नकारात्मक प्रभाव परेको छ । दैनिक रुपमा प्रहरी प्रशासनका प्रमुखहरुद्धारा गरिएका गतिविधिले जिल्लाको शान्ति सुरक्षा दिन प्रति दिन बिग्रिदै गरेको देखिन्छ । सरोकारवालाले समयमै यस्ता प्रकारका क्रियाकलापमा ध्यान नदिँदा थप समस्या बढ्न सक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *