पिकअपको ठक्करबाट जैमिनीमा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–६ अर्जेवामा पिकअपको ठक्करबाट ६० बर्षीय ठगबहादुर थापाको मृत्यु भएको हो ।

मंगलबार साँझ बागलुङ बजारबाट गएको ग १ ज ३६८४ नम्बरको पीकअप व्याक गर्ने क्रममा थापालाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक गोविन्द बहादुर रानालाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

मृतक थापा रक्सी खाएर बसेको अवस्थामा गाडी ब्याक गर्दा ठोक्किन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका थापालाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *