बागलुङमा ट्रायल दिदै गरेका दुई नक्कली परिक्षार्थी पक्राउ


रोहन जिसी, बागलुङ

बागलुङमा सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षा (ट्रायल) दिदै गरेका दुई नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

एक व्यक्तिको नामबाट अर्काे व्यक्तिले प्रयोगात्मक परिक्षा (ट्रायल) दिदैं गरेको अवस्थामा आज विहान बागलुङ नगरपालिका–१ खनियाघाट स्थित ट्रायल दिने स्थानबाट दुई नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक राजकुमार के.सीको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका–२० भलामका २४ वर्षीय कुशल गुरुङ र सोही स्थानका २० वर्षीय अशोक गुरुङ रहेका छन् ।

सवारी चालक अनुमती पत्रको लागि लिखित परिक्षा उर्तिण गरेका कुशल गुरुङको नाममा अशोक गुरुङले प्रयोगात्मक परिक्षा (ट्रायल) दिदै गरेको अवस्थामा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो । पक्राउ परेका दुवै माथी सोधपुछ भइरहेको र कानुनी प्रक्रिया अनुसारको कार्वाही हुने प्रहरकिो भनाई छ ।

यो पनि पढ्नुहोस्