प्रचण्ड अविश्वासिलो र अनैतिक रैछन्–नेता पाण्डे

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका सांसद तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास नभएको व्यक्ति भएको आरोप लगाएका छन् ।

४७ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार कांग्रेस बागलुङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले चुनावका बेला आफूले एक महिना संगत गर्दा गठबन्धन कुनै हालतमा भत्काउन नहुने भनेका प्रचण्डले पद लोपमा अप्रत्यासित निर्णय गरेको बताए ।

पाण्डेले भने–‘मैले प्रचण्डलाई एक महिना काँधमा बोकेर हिँडे, उनजति मैले त्यो मान्छेलाई नजिकबाट चिनेको थिएँ, त्यति अविश्वासिलो, यति अनैतिक हुन्छन् भन्ने लागेको थिएन, उनी अविश्वासिलो र अनैतिक रैछन् ।’

उनले कांग्रेस निराश हुनु पर्ने बताए । नेपाली कांग्रेस सत्तामा मात्रै टिकेको पार्टी नभएको भन्दै निराश नहुन कार्यकर्तालाई आग्रह गरे । पाण्डेले राज्य र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताए । गठबन्धन भत्किएको विषयमा पार्टी भित्र गम्भीर समीक्षा गर्न आवश्यक रहेको पाण्डेको भनाई छ ।

उनले भने– ‘नेपाली कांग्रेस सत्तामा मात्रै टिकेको पार्टी होइन, सत्ता नहुँदैमा हामी अति चरम निराशामा हुनु पर्ने अवस्था छैन, हामीहरु अब आफ्नै खुट्टामा उभिएर देश र जनताको चाहना अनुसार काम गर्नु पर्ने छ, हामी विश्वास ग¥र्यौँ, तर अरुले धोका दिए, त्यसमा चिन्ता मान्नु पर्ने केही छैन, अब पार्टी संगठनलाई मजबुत बनाउन तिर लाग्नु पर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, बागलुङ–१ (१) बाट निर्वाचित दिपेन्द्र बहादुर थापा, बागलुङ १ (२) बाट निर्वाचित डिल्लीराम सुवेदी, बागलुङ–२ (२) बाट निर्वाचित दोर्ण कुमार कुँवर, समानुपाति प्रदेश सांसद दिलमाया पौवी, बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ र नेता जगदिशचन्द्र उपाध्ययले मनतव्य राख्नु भएको थियो ।

कार्यक्रममा नव निर्वाचित सांसदहरुलाई बधाईसहित सम्मान गरिएको थियो । कार्यक्रम कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको अध्यक्षता, उपसभापति सागर छन्त्यालको स्वागत र सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *