राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश स्तरीय १९ औं साधारणसभा सम्पन्न

आदर्श अनलाइन, पोखरा

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा गण्डकी प्रदेश अन्र्तगत एकाइ (चार)गत साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

सहकारी बैंकको निर्णय अनुसार देशका सात वटै प्रदेशमा एकसाथ भौतिक र भर्चुअल दुबै माध्यमबाट साधारणसभा गर्ने निर्णय अनुसार शनिबार प्रदेश गतरुपमा गण्डकी प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भर्चुअल माध्यमबाट राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सबै प्रदेशलाई समेट्ने बैंकको वित्तिय अवस्था, आर्थिक प्रतिवेदन र आगमी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत प्रतिवेदन सहकारी संघ र संस्थाका प्रतिनिधिहरुले छलफल गरी सर्वसम्मतीले पारित गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा सदस्यहरुले मौखिक तथा लिखित सुझाव राखेका थिए । उनिहरुले सहकारी बैंकको शाखा विस्तार गर्न र साधारणसभालाई अझै व्यवस्थित गर्न सुझाव व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यको सञ्चालनमा सम्पन्न भएको छ ।

साधारणसभा पछि राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक समितिको सर्वसम्मती हुन नसकेको पदका लागि दिउँसो ११ : ३० बजेदेखि मतदान थालिएको निर्वाचन अधिकृत गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार रमेश घर्तीले जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकको अध्यक्ष, सञ्चालक सहित लेखा तथा सुपरिवेक्षण समितिको १८ पद मध्ये ११ पदमा यस अघिनै निर्वाचनको प्रकृयामा सर्वम्मती भइसकेको छ भने बाँकी ७ पदका लागि निर्वाचन सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका सहकारी संघ र संस्थाका मतदाता रहेकोमा ५५७ मत मत खसेको निर्वाचन अधिकृत रमेश घर्तीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *