निसीखोलामा श्रीमतीको हत्या गरि श्रीमान फरार

आदर्श अनलाइन, बागलुङ
निसीखोलामा श्रीमतिलाई कुटपिट गरि हत्या भएको छ । बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङका धनबहादुर घर्तीले उहाँको श्रीमती ३० वर्षीया मिना घर्तीलाई कुटपिट गरेर हत्या गरि फरार हुनु भएको छ ।

शनिबार राती घर्तीले श्रीमती मिनालाई कुटपिट गरेको स्थानीयको भनाई छ । श्रीमतीको मृत्यु भएपछि घर्ती फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो । मिनाको हत्या भएको १३ घण्टापछि मात्रै प्रहरीले खबर पाएको थापाले बताउनुभयो ।

फरार घर्तीको खोजतलास भइरहेको उहाँको भनाई छ । दुई जना बीच पटक–पटक विवाद हुँदै आएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *