अनेरास्ववियू बागलुङको अध्यक्षमा जि.सी.

आदर्श अनलाइन, बागलुङ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बागलुङको १९ औं जिल्ला अधिवेशनबाट रोशन जि.सी. अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा विन्दु पाठक, सचिवमा अनिल शर्मा, सहसचिवमा मनिष कंडेल, अनिता विक र दिनेश रेग्मी तथा कोषाध्यक्षमा सागर कंडेल निर्वाचित हुनु भएको छ ।

अनेरास्ववियू जिल्ला कमिटि सदस्यहरुमा अनिषा आचार्य, सुनिल अधिकारी, राजकुमार कार्की, आशिष शर्मा, विजय कंडेल, दिलु थापा, शेरान ढुंगेल, मुना पौडेल, दिनेश आचार्य, अनिषा गलामी, हिमलाल पुरी, कोपिला वन, फाराम बुढाथोकी, जेनिसा घर्ति, मेनका घर्ति, एरिस काउचा मगर, गोपाल कंडेल, टिकाराम घर्ति मगर, शर्मिला विक निर्वाचित हुनु भएको छ ।

यस्तै सदस्यहरुमा सुष्मिता सुनार, विन्दु जिसी, निमलाल तिवारी, कोपिला बुढाथोकी, प्रेम खत्री, थानेश्वर कंडेल, महेश रेग्मी, सुशिल सुनार, सन्दिप शर्मा, हिमाल थापा, प्रदिप भट्टराई, नमिना पौडेल, अक्सर बोहोरा र धनु शर्मा निर्वाचित हुनु भएको छ ।

अनेरास्ववियू बागलुङको १९ औं जिल्ला अधिवेशनको शुक्रवार संगठका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुनिता बरालले उद्घाटन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *