शहीद पार्कमा सम्झिए शहीद

आदर्श अनलाइन, बागलुङ
देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै सोमबार बागलुङमा पनि शहीद दिवस मनाइएको छ । बागलुङ नगरपालिकाको आयोजनामा वडा नम्बर १ स्थित धौलागिरी शहीद पार्कमा दिवस मनाइएको हो । समिटचोकबाट सुरु भएको ¥याली शहीद पार्कमा गएर सभामा परिणत भएको थियो ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहुति गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शहीदको बलिदानीबाट मुलुकमा ठूलो परिवर्तन आएको भन्दै उनीहरुको सपना पूरा गर्न सबै नागरिक जागरुक हुनु पर्ने बताउनुभयो । शहीदहरुले स्वतन्त्रता र सार्वभौमसत्ताको पक्षमा नलडेको भए अहिले पनि मुलकमा निरङ्कुश शासन चल्ने बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

वीर शहीद लखन थापा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न दलका नेताहरु, सुरक्षाकर्मी, कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *