कलात्मक ढंगले निर्माण गरिदै बागलुङ कालिका


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ ।

एउटा धार्मिक संरचना कंक्रिट मय बनेको तथा केही संरचनाले मन्दिरको शौन्दयतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढंगले आफ्ना संरचना रुपान्तरण गर्न थालेको छ ।

कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनैतिक सुधार कार्यक्रम अन्र्तगत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाउने कामको थालनी गरिएको छ ।

बाहिरी आबरण नयाँ भएपनि कालिका मन्दिरको भित्रि संचना जिर्ण भएकाले कलात्मक स्वरुप देखिनेगरी कालिका मन्दिरको पुननिर्माण गर्न थालिएको कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

अहिले मन्दिरको बाहिरी आवरण इटै इटाको छ भने ताम्रापत्रले छाएको छानो समेत चुईने भएकाले मन्दिरलाई कलात्मक तरिकाले रुपान्तरण गर्न थालिएको हो ।

कालिका मन्दिरको भित्रि संरचना जीर्ण भएको, तामाको छानो चुहिने भएका कारण कालिका मन्दिरको भित्रि संरचना मर्मत गर्दै नयाँ तामाको छानो छाइन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाइने र मन्दिरको भित्रि भागमा रहेको काठहरुलाई परिवर्तन गर्ने हो, केही संरचनालाई विभाजन गरेर पुननिर्माण गर्ने हो” खड्काले भन्नुभयो “मर्मत संभारपछि मन्दिरको बाहिरि संरचना अहिलेको भन्दा बढी कलात्मक हुनेछ, पुरातात्विक बन्ने छ ।”

अध्यक्ष खड्काका अनुसार मन्दिर क्षेत्रमा निर्माण हुने अन्य संरचना समेत कलात्मक र पुरातात्विक हुनेगरी निर्माण थालिएको हो । अहिले मन्दिरको पूर्व पट्टी निर्माण गर्न थालिएको सत्तल र हवन अग्नी कुण्ठलाई समेत कलात्मक बनाइनेगरी मात्रै निर्माण शुरु गरिएको छ । हवन कुण्ठको भित्रि संरचना पक्की बनाइएपनि बाहिर काठका कलात्मक चित्र बनाइएको हो ।

“सिमेन्ट र ढुङ्गा जडित संरचनालाई बिस्तारै हटाउदै कलात्मक बनाउने कालिका मन्दिरको पञ्चवर्षीय योजना हो, तर समय लाग्छ भित्रि संरचना क्रंक्रिटको भएपनि बाहिरी संरचना भने कालात्मक, विभिन्न काष्ठकला र धातु जडित सामाग्री प्रयोगबाट निर्माण गर्ने योजना शुरु भएको छ” खड्काले भन्नुभयो “अहिले मर्मत गर्र्न थालिएको मुख्य मन्दिर, निर्माण गर्न थालिएको सत्तल र हवन कुण्डबाट मन्दिरले आफूलाई कलात्मक बनाउने योजना शुरु गरिएको छ, यो तयार गर्ने संरचना मन्दिरको आन्तरिक स्रोतबाट मात्रै गरिने छ ।”

मन्दिरको सत्तल निर्माणमा रु.७० लाख र मन्दिरको ताम्रापत्र र भित्रि संरचना मर्मत र कलात्मक बनाउन रु.४० लाख र हवन कुण्ड निर्माण गर्न रु. १३ लाख खर्चको अनुमान गरिएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

कालिका भगवती मन्दिर अब सास्त्रीय र पुरातात्वीक हिसाबले मात्र निर्माण हुनेभएपछि
कालिका मन्दिर प्रति निर्माण र शौन्दर्यप्रति चासो दिनेहरु खुसी भएको स्थानीय अधिकारकर्मी राम शर्माले बताउनुभयो ।

काठ र कलात्मक धातु तथा बस्तुको मात्र प्रयोग भै मन्दिरको पुनर्निर्माण, कलात्मक सत्तल, हवन कुण्डको निर्माण थालेपछि आफूले मन्दिर प्रति उठाउदै आएको निर्माणधीन संरचना निर्माणको विषयलाई गुठी व्यवस्थापनले सुनुवाई गरेको शर्माको भनाई छ । “कालिका मन्दिर हाम्रो धरोहर हो, यसलाई पुरानै स्वरुपमा कलात्मक र पुरातात्विक बनाउन थाल्नु सुखद् क्षण हो” शर्माले भन्नुभयो “अब कालाकिा मन्दिरको स्वरप बिगार्ने अन्य भौतिक संरचना नथप्ने, भएका क्रंक्रिटका संरचनालाई हटाउदै लैजाने र घण्टी राख्ने परम्परालाई सुधार्न आवश्यक छ ।”

शर्माले मन्दिर परिसरको सौन्दर्य नासिने गरि निर्माण गरिने घण्टलाइ पुर्ण रुपमा रोक लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक बस्तुको प्रयोग बढाउदै आधुनिक निर्माण सामाग्रीको प्रयोग हटाउदै लैजानुपर्ने मन्दिर व्यवस्थापन समितिलाई स्थानीयहरुले सुझाव दिदै आएका छन् ।

कालिका मन्दिरको स्वरुप विग्रदै गएकामा स्थानीय अधिकारकर्मी, पत्रकार तथा सरोकारवाला निकालएले चासो देखाएपछि गुठी व्यवस्थापन समितिले मन्दिरलाई कलात्मक र पुरातात्विक बनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *