चन्दा उठाएर बालविकास केन्द्र सञ्चालन

रोहन जि.सी, बागलुङ
बागलुङको जैमिनी नगरपालिका वडा नं. २ दमेकका अभिभावकले चन्दा उठाएर बालविकास केन्द्र सञ्चालन गरेका छन् । दमेकको काउले, चौडिल्ला गाउँका अभिभावकले बालबालिकाको सहजताका लागि चन्दा संकलन गरेर बालविकास केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
काउले चौडिल्लामा २०६२ सालमा गैरसरकारी संस्था सेतोगुराँस बाल विकासले स्थापना गरेको केन्द्र जैमिनी नगरपालिकाले तीन वर्षअघि सुन्तलाचौर माविमा स्थानान्तरण गरेको थियो । नगरपालिकाले काउले, चौडिल्लामा बाल विकास केन्द्र पुनस्थापनाको लागि तयारी गरिरहेको नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिनुभयो ।

गाउँ नजिक बालविकास केन्द्र नहुँदा असहज भएको भन्दै गाउँले मिलेर ‘नमूना बाल विकास केन्द्र’ सञ्चालन गरिएको स्थानीय अभिभावक धनबहादुर जिसीले बताउनुभयो । गाउँलेले आफ्नै स्रोतमा एकजना बालविकास सहजकर्ता नियुक्त गरेको उहाँले जानकारी दिनुभयो ।

बालविकासमा बालबालिकाको संख्या कम हुँदा सुन्तलाचौरमा स्थानान्तरण गरिएको स्मरढा गर्दै जिसीले स्थानान्तरणको समयमा चार जना मात्रै बालबालिका रहेको र अहिले संख्या बढेर आठ जना पुगेको बताउनुभयो । स्थानान्तरणको समयमा बाल विकास केन्द्रका लागि आवश्यक बालबालिकाको संख्या पुगेमा यथावत रहनेगरी स्थानान्तरणको पत्र नगरपालिकाले थमाएको थियो ।

शैक्षिक सत्र सकिनै लाग्दासमेत बालविकास केन्द्र पुनः सञ्चालनमा आउन नसकेपछि अभिभावककै सक्रियतामा बाल विकास केन्द्र सञ्चालनमा ल्याएको जिसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *