निसीखोला गाउँपालिकाले दियो मगर दिवसमा सार्वजनिक बिदा

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिनुभयो ।

मगरहरुको बाहुल्यता रहेको निसीखोलामा यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय भएको हो । मगर समुदायले बारम्बार सार्वजनिक बिदाको माग गर्दै आएको र राष्ट्रिय दिवसका रुपमा यसलाई मनाउने थालिएको फागुन १५ मा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुयो ।

“पहिले सार्वजनिक बिदा दिइएको थिएन, मगर दिवसलाई मगरहरुले भव्य रुपमा मनाउने गरेका छन्, यहाँ धेरै समुदायको बसोबास छ, हामीहरुले सबैको संस्कार संस्कृतिलाई समान रुपले हेर्नु पर्छ भन्ने लागेर सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ” अध्यक्ष घर्ती मगरले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *