कृषकको जीवनस्तर उकास्न उन्नत जातका बाख्रा वितरण

डम्मर बुढा मगर, बागलुङ
बागलुङको ढोरपटान नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ ।

चालुक आर्थिक वर्ष केन्द्र सरकारको ससर्त अनुदान बजेटबाट यहाँका १४ जना कृषकलाई उन्नत जातका बोक तथा बाख्राहरु वितरण गरेको ढोरपाटन नगरपालिकाकी पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिनुभयो । नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरि वितरण गरिएको खड्काको भनाई छ ।

नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । २३ जनाको निवेदन आरेकोमा पन्ध्र जनाले बाख्रा तथा बोका पाएका छन् । जमुना पारी जातको ६ बाख्रा, तीन बोका, बोयर जातका छ बोका र नौँ बाख्रा कृषकलाई वितरण गरेको उहाँको भनाई छ ।

खड्का भन्नुहुन्छ– “यहाँका कृषकहरुलाई नगरपालिकाले अघिल्लो वर्ष पनि अनुदानमा बाख्रा वितरण गरेको थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकहरुलाई खोप, तालिम तथा परामर्श पनि दिइ राखेका छौँ, यहाँ धेर व्यवसायिक रुपमा पशुपालनमा पनि लाग्नु भएको छ, उहाँहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रबिधिसँग जोड्न थालेको बताउनुभयो । ढोरपाटन क्षेत्र पशुपालनका लागि निकै उपयुक्त ठाउँ रहेको भन्दै कृषकहरुलाई प्रशिक्षित बनाउने, अनुदानको व्यवस्था गर्ने र उत्पादनसँग जोड्ने गरि योजना बनाएको बताउनुभयो ।

“हामीहरुले तरकारी तथा फलफूल खेती गर्ने कृषकलाई टनेल वितरण ग¥यो, धेरैले सदुपयोग गर्नु भयो, केहीले दुरुपयोग गर्नुभयो, यहाँ थुप्रै खाली जग्गाहरु छन्, स्थानीयलाई परिचालन गरि यी जग्गाहरुलाई उत्पादनसँग जोड्ने’ उहाँले भन्नुभयो– “कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने गरि काम गर्न एउटा खाका तयार पारेका छौँ, दूध, मास र अण्डामा ढोरपाटनलाई आत्मनिर्भर बनाउन जोड दिएका छौँ ।”

उपप्रमुख कायतले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि पश्चिम बागलुङका स्थानीय तह एकजुट हुनु पर्नेमा जोड दिनुभयो । आयातित कृषि उपजवस्तुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *