कोदालो प्रहार गरि श्रीमतीको हत्या

आदर्श अनलाइन, बागलुङ
श्रीमतीलाई कोदालोले टाउँकोमा हानेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले जैमिनी नगरपालिका–२ बनौका ४५ वर्षीय केशव नेपालीलाई फागुन १८ गते पक्राउ गरेको छ । बिहीबार विहान घर नजिकै बारीमा आलु खन्न गएकी पत्नी ३५ वर्षीय राधा नेपालीलाई केशवले घरायासी विवादको क्रममा कोदालोले टाउँकोमा प्रहार गरेका थिए ।

उनको प्रहारबाट घाइते भएकी राधालाई स्थानीयले उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याएका थिए । अस्पतालले दिउसो १ः३५ बजे राधालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

केशवलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । मृतक राधाको धौलागिरी अस्पताल बागलुङमा पोष्टमार्टम पछि फागुन १९ गते आफ्न्तलाई शव बुझाइने थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *