बडिगाड गाउँपालिकाको आफ्नै सिंहदरबार


खेमराज गौतम, बागलुङ

जिल्लामै पहिलोपटक ताराखोला गाउँपाकिलाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले समेत अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न पश्चात हस्तान्तरणको तयारीमा पुगेको छ । स्थानीय तह स्थापनाको पहिलो ६ वर्षमा बडिगाड गाउँपालिकाले आफ्नै ‘सिंहदरबार’ निर्माण गर्न सफल भएको हो । काठमाण्डौंको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् ।

जसमध्ये बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवन निर्माण गरिएको हो । जिल्लाकै दोस्रो अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन बडिगाड गाउँपाकिलाले निर्माण सम्पन्न गरेको हो । जिल्लाको ताराखोला गाउँपाकिलाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण पश्चात सेवा सुचारु गरिसकेको छ । दुबै भवन अपाङ्गमैत्री र विद्युतीय भ¥याङ सहितका हुन् ।

१० स्थानीय तह रहेको बागलुङ जिल्लामा अहिले बडिगाड र ताराखोला गाउँपालिकाको मात्रै अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेका छन् । तयअघिनै जिल्लाको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेर सेवा थालेको भएपनि उक्त भवन बडिगाड र ताराखोला गाउँपालिकाको जस्तो सुविधा सम्पन्न भने छैन । अहिले गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको प्रशासनक भवन निर्माण शुरु भएको छ भने ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाले जग्गाको टुङ्गो लगाउन सकेका छैनन् ।

बडिगाड गाउँपालिका–५ ग्वालिचौर स्थित खार बजारमा स्थानीयले निःशुल्क रुपमा गाउँपालिकाको नाममा ११ रोपनी जग्गा प्रदान गरेपछि दुई वर्ष अघिदेखि प्रशासनीक भवन निर्माण थालिएको थियो । अहिले भवन निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

अत्याधुनिक सुविधा सम्पन्न भवनको तारबार र पर्खाल बाहेक सबै निर्माणको काम सकिएको र माघ महिनामै हस्तान्तरण भइसकेर सेवा दिने तयारीमा रहेको अध्यक्ष थापाले बताउनुभयो । “भवन सम्पन्न भइसकेको छ, भवनमा आवश्यक फर्निचरको सामाग्रीका लागि गाउँपालिकाले छुट्टै टेण्डर प्रकृया मार्फत खरिद गर्ने छ, भव फागुन महिना भित्रै हस्तान्तरण भएर हामीले नयाँ भवनबाट सेवा दिन पाउनेछौं” थापाले भन्नुभयो “कोरोनाका काररण सम्झौता भन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको छ, जनताले निःशुल्क दिएको जग्गामा नजिकको सिंहदरबार ठडियो, अब जनताको सेवा सहज ढंगबाट गर्न सक्नेछौं ।” गाउँपालिका हालसम्म भाडाको घरबाट सञ्चालित छ ।

भवन लिफ्ट, अपाङ्ग मैत्री, भूकम्प प्रतिरोधी लगायतका विशेषताहरु छन् । तीन तलाको भवनबाट गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा तथा पालिकाका अन्य शाखा सञ्चालनका लागि अत्यन्तै सहज हुने गाउँपालिकाले जनाएको छ ।

१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी रु. ५ करोड २२ लाखको लागतमा २०७७ जेठ १६ गते माउण्डेन कबिन्द्र जेभी संग निर्माण सम्झौता भएको थियो । भवन कोरोनाका कारण सम्झौता भन्दा एक वर्ष पछि मात्रै आएर सम्पन्न भएको निर्माणको जिम्मा लिएको माउण्डेन कबिन्द्र जेभीका आधिकारीक प्रतिनिधि उपेन्द्र अर्यालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *