आदर्शकर्मी पन्त सहित छ महिला सम्मानित


आदर्श अनलाइन, बागलुङ

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बागलुङ जिल्लामा कार्यरत दुई महिला पत्रकार सम्मानित हुनुभएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सह–सम्पादक सिर्जना पन्त र रेडियो नेपालमा कार्यरत कोपिला कंडेललाई पत्रकारीताको माध्यमबाट समाजमा विषेश योगदान पु¥याएको भन्दै ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बागलुङ नगरपालिकाले सम्मान गरेको हो ।


बागलुङ नगरपालिकाले फरक–फरक क्षेत्रमा योगदान पु¥याएका पत्रकारद्वय पन्त र कंडेल सहित अन्य चार जना महिलालाई समेत सम्मान गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

मानव सेवामा योगदान पु¥याएको भन्दै मानव सेवा कार्यालय बागलुङमा कार्यरत विपना थापा, अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा योगदान पु¥याएको भन्दै चिजा थापा, श्रमिक विजुला विक र देउकुमारी माझीलाई समेत नगरपालिकाले खादा, माला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *