स्ववियु निर्वाचन : धवलागिरि क्याम्पसमा लफडा

डम्मर बुढा मगर, बागलुङ

आगामी चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्रको नामावली दाखिला तथा प्रकाशित गर्ने समय हो । तर, अहिलेसम्म धवलागिरि क्याम्पस बागलुङमा उम्मेदवारको मनोनयन पत्रको नामावली दाखिला हुन सकेको छैन ।

निर्वाचन कार्यतालिका अनुसार विहान ११ बजेदेखि दुई बजेसम्म मनोनयन पत्रको नामावली दाखिला गर्ने र पाँच बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने समय रहेको थियो । विभिन्न विद्यार्थी संगठनले फर्जी परिचयपत्र भेटिएको भन्दै क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । अहिलेसम्म ताला नखुल्दा उम्मेदवारको मनोनयन पत्रको नामावली दाखिला तथा प्रकाशितको काम हुन सकेको छ ।

विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण बिथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले वक्तव्य मार्फत जारी गर्दै तालाबन्दी गरेका थिए ।

अहिले विद्यार्थी संगठनसँग सहमति जुटाउने प्रयास भए पनि सहमति जुट्न सकेको छैन । मनोनयन पत्र वितरण तथा दर्ताको समय सकिएपछि निर्वाचन अधिकृतले दर्ता समय साँझ सात बजेसम्मलाई थप गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *