यस्तो बन्दै छ मालढुङ्गामा ‘कृष्णगण्डकी परियोजना’


आदर्श अनलाइन, बागलुङ

शालग्राम पाइने एक मात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार प्रसार र महिमा बुझाउन वृहत कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ ।

गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदीसभ्यता र शालग्राम लोभ भएर जाने भएकाले यसको प्रसार गर्नका लागि कालीगण्डकी नदि किनारमा कृष्णगण्डकी वृहत परियोजना सञ्चालनमा ल्याइएको छ ।

सनातन हिन्दु धर्म, संस्कृति र सबैभन्दा पुरानो सध्यता मध्येको एक कालिगण्डकी (कृष्णगण्डकी)को प्रसार प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित खुतुर्केघाटमा वृहत कृष्णगण्डकी परियोजना निर्माण गर्न थालिएको छ ।

सिंगो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरको रुपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाहिने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ कृष्णगण्डकी परियोजना अगाडी ल्याइएको हो ।

खुतुर्केघाटमा रहेको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा वृहत कृष्णगण्डकी परियोजनाको थालनी गरिएको परियोजनाको अगुवाई गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) बागलुङले जनाएको छ ।

कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकी नदमिा स्नान, ध्यान, योग र तपश्याका लागि वृहत कृष्णगण्डकी परियोजना सञ्चालनका लागि अहिले जग्गा व्यवस्थापनको काम भइरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) का केन्द्रिय उपाध्यक्ष परमेश्वर अच्युत दास(प्रदिप भण्डारी)ले जानकारी दिनुभयो ।

आगमी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र पुन पाँच वर्षमा बाँकी काम गरी दश वर्षमा भव्य कृष्णगण्डकी परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ अहिले परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि काम भइरहेको परमेश्वर अच्युत दासले बताउनुभयो । दासका अनुसार दुई चरणमा सम्पन्न गरिने कृष्ण गण्डकी परियोजनामा पहिलो चरणमा ३०० जना क्षमताको सत्संग हल र आश्रम बनाइने छ ।

“यो भव्य कृष्णगण्डकी परियोजना मुठ्ठी दानमा सञ्चालित हुँनेछ, सरकारी निकायलाई समेत बजेटका लागि आव्हान गरिएको छ, अहिले १७ रोपनी जग्गा व्यवस्थापनमा लागेका छौं, आवश्यक जग्गाको संरक्षण, तारजाली, नदी कटान नियन्त्रण तथा शौचालय निर्माणको क्रममा छौं” अच्युत दासले भन्नुभयो “हामिले परिकल्पना गरेको परियोजना सम्पन्न गर्न झण्डै १७ करोड लागत अनुमानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेका छौं, विस्तारै परियोजनाको काम शुरु हुन्छ, परियोजना भित्रै व्यवस्थित घाट, ध्यान, योग, आश्रम तथा व्यवस्थित तरिकाबाट गण्डकी स्नानको व्यवस्था मिलाइने छ ।”

कालीगण्डकी नदीको तीर्थमा आएकाहरुले खाने बस्ने व्यवस्थापन सहितको आश्रम समेत बनाइने छ ।

उहाँले गण्डकी सभ्यता झल्काउने गरी नदी किनारमा व्यवस्थित पार्कको समेत परिकल्पना गरिएको बताउनुभयो । अहिले व्यवस्थित घाट नहुँदा पवित्र कालिगण्डकी नदी प्रदुषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै व्यवस्थित र सुरक्षित घाट निर्माण समेत कृष्ण गण्डकी परियोजनामा समावेश भएको अच्युत दासले बताउनुभयो । कालीगण्डकी नदीको दोहनको चपेटामा पर्दा नदीको वाहव समेत परिवर्तन भइरहेको सन्र्दभमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइने भएको हो । उक्त परियोजना समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने र मुल तीर्थस्थलको रुपमा सञ्चालनमा ल्याइनेछ ।

कृष्ण गण्डकी परियोजना अन्र्तगत दोस्रो चरणमा कलात्मक कृष्ण मन्दिर संगै गौशाला सञ्चालनको लक्ष्य रहेको छ ।

“पवित्र नदीमा व्यवस्थित स्नानको व्यवस्था समेत छैन, तीर्थमा आएका तीर्थयात्रीहरुलाई आवस सहितको आश्रम आवश्यक छ, उनिहरुले कृष्ण गण्डकीको महत्व र महिमा नदी किनारमै बसेर महशुस गरुन भन्ने उदेश्यले परियोजना थालिएको हो” परमेश्वर अच्युत दासले भन्नुभयो “धार्मिक सभ्यता, संस्कृति र जागरणका लागि कालीगण्डकी नदी किनारामा कृष्णगण्डकी परियोजना थालिएको हो, यो एकै पटकमा सम्पन्न हुने परियोजना हैन, परियोजना एक–एक इट्टा थप्दे जादा सार्थकता पाउला, सनातन बैद्धिक हिन्दु धर्मप्रमीहरुको सहयोगमा परियोजना सम्पन्न हुने लक्ष्य लिएका छौं ।”

अहिले कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय बागलुङले रु. ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोनह वझाले जानकारी दिनुभयो ।

राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी नदी हजारौं वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थमा उल्लेख समेत रहेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *