नगर बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

आदर्श अनलाइन, पोखरा
पोखराको चिप्लेढुङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सवा सात बजे नगर बसले स्कुटरलाई ठक्कर दिदा झापा दमक नगरपालिका घर भइ हाल पोखरा–५ प्रस्याङ बस्ने २० वर्षीय दीक्षा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराको सिद्धार्थचोकबाट न्युरोड तर्फ जाँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले कार्की सवार ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट कार्कीको घटनास्थलमै मृत्यु भएको र उनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी वरिष्ठ प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय कास्कीको नियमन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *