८ महिनामा ५० महिला पीडित


आदर्श अनलाइन, बागलुङ

८ महिनामा बागलुङ जिल्लामा ५० महिला हिंसाबाट प्रताडित भएका छन् ।

चालु आर्थिक बर्ष २०७९÷८० को साउन देखी हाल सम्म अल्पकालिन महिला सेवा केन्द्र बागलुङमा हिंसा प्रभावित महिलाका ५० वटा निवेदन दर्ता भएका छन् ।

आफै सम्पर्कमा आएका २९ र जिल्ला प्रहरी कार्यालय मार्फत आएको २१ गरी ५० वटा निवेदन परेको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वती देबी रेग्मीले जानकारी दिनुभयो ।

५० घटना मध्य २० वटा यौनजन्य दुव्र्यवहार रहेको रेग्मीले बताउनुभयो । यस्तै घरेलु हिंसा १०, सम्बन्ध बिच्छेद ११, आर्थिक हिंसा ५, बहुविवाह १, हाडनाताकरणी १, अंशमुद्दा १ र बेवारिसे अवस्थामा १ रहेको सेवाकेन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

यी घटनामध्ये सबै भन्दा बढि बागलुङ नगरपालिकाका रहेका छन् । बागलुङ नगरपालिकाका १३, जैमिनीका ५, गलकोटका ३, ढोरपाटनका ४, काठेखोलाका ७, ताराखोला २, बडिगाड ५, निसीखोलाका ४, तमानखोला गाँउपालिकाको १, र अन्य जिल्लाका ६ वटा रहेको रेग्मीको भनाई छ ।

संख्यात्मक रुपमा बागलुङ नगरपालिकाका धेरै उजुरी देखिएपनि अन्यपालिकामा समस्या धेरै रहेको तर जिल्ला सम्म नआएको बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *