केन्द्रीय लाइनले जोडिँदै दुर्गम बागलुङका गाउँ

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बरेङ गाउँपालिका–१ ओखरेनी र छापगाउँमा पहिलो पटक वि.सं. २०५९ मंसिरमा बिजुल बल्यो । गाउँमा बिजुली बल्न थालेपछि स्थानीयको जनजीवन अँध्यारोबाट उज्यालो तर्फ उन्मुख भयो । स्थानीको ठूलो मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो ।

अहिले पनि उक्त विद्युत आयोजना संचालनमा छ । नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पु¥याएपछि स्थानीयमा खुसीयाली छाएको छ । २० किलोवाट उक्त लघु जलविद्युत आयोजना सुरु–सुरुमा पर्याप्त भए पनि बढ्दो जनसंख्या र आवश्यकताले गर्दा केही वर्षदेखि अपर्याप्त थियो । यस आयोजनाले उत्पादन गरेको विद्युतबाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामानहरु चार्ज गर्न मात्रै गर्ने गर्थे । अब ठूला मेसिनरी सामानहरु संचालन गर्न सक्ने छन् ।

केन्द्रीय प्रशारण लाइन गाउँमा पुगेपछि स्थानीयले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने अपेक्षा लिएका छन् । पालुङखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युतले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब केन्द्रीय लाइनले दैनिकीमा थप रिवर्तन ल्याउने बताउनुहुन्छ । उहाँले लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइ पर्ने गरेको भन्दै अब स्थानीय मर्कामा नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष क्षेत्रीले भन्नुभयो– “२० वर्ष अगाडि गाउँमा बिजुली बल्दा धेरै दंग परेका थिए, त्यसभन्दा अगाडिसम्म गाउँका धेरै मान्छेहरु अँध्यारोमै बस्ने गर्थे, पछिल्लो समय बिजुली अलि बढी खपत हुन्थ्यो, सानो वाटको विद्युत आयोजनाले बल्लबल्ल धानेको थियो, अब केन्द्रीय लाइन आएको छ, पहिलेको तुलनामा केही सहज पक्कै होला ।”

विद्युत प्राधिकरण बरेङ गाउँपालिका छापा र ओखरेनी गाउँका एक सय ५० घरसँगै जैमिनी नगरपालिका वडा नम्बर ४, ८, ९ र १० वडाका १५० गरि ३०० घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रशारण लाइन पु¥याएको छ । लघु जलविद्युतको भरमा रहेका स्थानीयलाई केन्द्रीय लाइनले ठूलो राहत दिलाउने प्राधिकरणले जनाएको छ । स्थानीय थमबहादुर थापाले समय–समयमा विद्युत गृह समस्या आउने र नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गर्नु भयो । अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योगी संचालन गर्न सकिने बताउनुभयो ।

“बिजुली बाल्न दुर्गम गाउँको समस्या धेरै हुने रैछ, बर्खामा कुलो भत्किने, रुख डलेर राता छुने हुँदा बिजुली बन्द हुन्छ, हावाहुरी चल्दा पनि बन्द हुन्छ” उहाँले भन्नुभयो– “कहिले पावर हाउसमा सस्या आउँदा महिना दिनसम्म पनि अँध्यारोमा बस्यौँ, सरकारले अहिले गाउँमा केन्द्रीय लाइन ल्याएको छ, अब पहिलाको जस्तो महिनौँसम्म अँध्यारोमा बस्न पदैन की ?”

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाभर केन्द्रीय प्रशारण लाइनलाइन बिस्तारलाई तीव्रता दिएको बताउनुभयो । स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत बिस्तार गरि रहेको उहाँको भनाई छ । मरासेनीले ओखेरी, छापा र बजैमिनीका विभिन्न वडामा केन्द्रीय लाइन पुगेपछि स्थानीय अँध्यारोमा बस्नु पर्ने बाध्यता हटेको बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकासँग जोेडिएका पालिकाका सबै गाउँमा केन्द्रीय लाइन पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा विद्युत बिस्तारका लागि यस वर्ष प्राधिकरणबाट एक करोड र नेपाल सरकारबाट ९३ लाख विनियोजन भएको थियो । केही महिना अगाडि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि १४ करोड ५६ लाख बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको उहाँको भनाई छ ।

दुई वर्षमा सबै बस्तीमा केन्द्रीय लाइन
अगामी दुई वर्ष भित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने भएको छ । विद्युत प्राधिकरणले पश्चिम बागलुङका पालिकाहरुलाई ‘फोकस’ गरेर काम गरि रहेको प्रमुख मरासेनीको भनाई छ । उहाँले ताराखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताउनुभयो ।

बडिगाडको खार बजार र रमुवाका करिब तीन सय घरमा विद्युत जडान कार्य थालन गरेको उहाँको भनाई छ । सदरमुकाम क्षेत्र तर्फ जैमिनीको सर्कुवा बाहेक सबै ठाउँमा केन्द्रीय लाइन पुगेको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय लाइन पुगेको सुनाउँदै अब ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलामा काम सुरु गर्ने मरासेनीले बताउनुभयो ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका दुई सय ५० घरमा केही महिना अगाडि मात्रै केन्द्रीय लाइन बलेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सभ स्टेशन निमार्ण गरेर सुचारु गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सभ स्टेशन निर्माण भइरहको उहाँको भनाई छ । यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरि काम तीव्र गरिमा गरि रहेको मरासेनीले बताउनुभयो ।

“अबको दुई वर्ष भित्र जिल्लाका सबै बस्तीमा केन्द्रीय लाइन पुग्छ, अहिले सोही अनुसार काम गरेका छौँ, पूर्वी क्षेत्रको अधिकांश ठाउँमा विद्युत बलिसकेको छ, अब हामीहरुले पश्मिच क्षेत्रलाई ‘फोकस’ गरेका काम गरेका छौँ, अब आउने अधिकांश बजेट त्यतैका लागि हुने छ,” उहाँले भन्नुभयो– “केही ठाउँ निकै विकट र जटिलपूर्ण ठाउँमा छन्, ति ठाउँहरुमा जसरी पनि विद्युत पु¥याउनु पर्ने जिम्मेवारी छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *