काठेखोला गाउँपालिकाले गर्‍याे क्रिकेटर भण्डारीलाई सम्मान

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाले क्रिकेटर सुवास भण्डारीलाई नगदसहित सम्मान गरिएको छ । राष्ट्रिय टोलीका यू–१९ का सदस्य सुवास भण्डारीलाई ५० हजार नगदसहित सोमबार सम्मान गरेको हो ।

यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै भण्डारीलाई गाउँपालिकाले सम्मान गरेको हो । भण्डारी काठेखोला गाउँपालिका–१ पालाको हुनुहुन्छ । सम्मान कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले यो सम्मानले मनोबल बढाउन सहयोग पुग्ने बताउनुभयो ।

गाउँपालिकाले खेल क्षेत्रसमेत प्राथमिकता राखेर काम गरि रहेको भन्दै काठेखोलामा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले क्रिकेटर भण्डारीको खेल जीवनलाई थप प्रेरणा र प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो । भण्डारी सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुनुनुहुन्छ ।

कार्यक्रम काठेखोला गाउँपालिकाका कला, संस्कृति तथा खेलकुद संयोजक टिकासंगम विकको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको स्वागत र सूचना अधिकारी मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *