५२ जिल्लाका विद्यार्थीले पढ्ने सामुदायिक विद्यालय

आदर्श अनलाइन, बागलुङ

राधापुर नगरपालिका–९ बर्दियाकाका छात्रा शैलाजा थारुले बागलुङको एक सामुदायिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत हुनुहुन्छ । थारु मात्रै हैन जगन्नाथ गाउँपालिका–१ बाजुरा जिल्लाको छात्र भविन्द्र विष्टले पनी सोही विद्यालयमा कक्षामा तीनमा अध्ययनरत हुनुहुन्छ । थारु र विष्ट मात्रै हैन देशभरका ५२ जिल्लाका २९५ जना विद्यार्थीहरुले बागलुङको रामरेखामा रहेको धौलागिरी बहिरा आवसीय माध्यामिक विद्यालयमा अध्ययनरत गर्दे आएका छन् ।

एउटा सामुदायिक विद्यालयमा घर नजिक र पायक पर्नेहरुले मात्रै अध्ययन गर्ने परिपाटी रहेको नेपालमा बागलुङमा भने एउटा यस्तो समुदायिक विद्यालय छ जहाँ देशका अधिकांश जिल्लाका विद्यार्थीले अध्ययन गर्ने गरेको पाइएको छ । जुन विद्यालयमा ५२ जिल्लाका अधिकांश बहिरा विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् ।

जिल्लाको बागलुङ बजारको छेउ रामरेखामा रहेको धौलागिरी बहिरा आवसीय माध्यामिक विद्यालयले देशभरका ५२ जिल्लाका २९५ जना विद्यार्थीहरुलाई आवसीय सुविधा सहित अध्ययन गराई रहेको छ । जुमध्ये ९० प्रतिशत विद्यार्थी बहिरा रहेका छन् ।

देशभरका ५२ जिल्लाका विद्यार्थी अध्ययनरत विद्यालयमा ९० प्रतिशत विद्यार्थी बहिरा रहेको धौलागिरी
बहिरा आवसीय माध्यामिक विद्यालयका प्रधानध्यापक रेशम बहादुर श्रीसले जानकारी दिनुभयो । देशभरका ५२ जिल्लाका बहिरा विद्यार्थीले अध्ययन गर्ने विद्यालयको समस्याका विषयमा स्थानीय सरकारले समेत चासो दिन आवश्यक रहेको बताउनुभयो ।

“दरबन्दी अनुसारका शिक्षक प्रयाप्त छैन, शिक्षण विधि समेत बहिराको फरक हुन्छ,अहिले विद्यालयमा दरबन्दी अनुसार जम्मा ७ जना शिक्षकहरु हुनुहुन्छ, हामीलाई दरबन्दी अनुसार १८ जना शिक्षकहरु आवश्यक हुन्छ” श्रीसले भन्नुभयो “विद्यालयको आन्तरिक स्रोतबाट शिक्षक, नर्स, कर्मचारी, ड्राइभर र सुरक्षागार्डको व्यवस्थापन मिलाएका छौं, राज्यले फरक क्षमता भएका विद्यार्थीहरुलाई अध्ययन गराउने विद्यालयलाई विशेष प्राथमिकता दिएर दरबन्दी थप्न आवश्यक छ ।”

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारबाट प्राप्त हुने आवासीय सुविधाका लागि दिइने मासिक रकम समेत मुल्यवृद्धिका कारण थोरै भएको विद्यालयको भनाई छ । अहिले विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीका लागि मासिक चार हजार रकम दिने गरेपनि खाद्यन्नको मुल्यवृद्धिका कारण उक्त रकम समेत बढाउनुपर्ने विद्यालयको सुझाव छ ।

“यो बागलुङको गौरवको विषयमा हो जहाको सामुदायिक विद्यालयमा देशभरका अधिकांश जिल्लाका विद्यार्थी अध्यनरत छन् तर राज्यले एक हजार ३०० बोरा चामाल हुँदा दिने विद्यार्थीको मासिक सुविधा दुई हजार प्रतिबोरा चामाल हुँदा समेत एउटै छ, विद्यालयलाई दिन प्रतिदिन आर्थिक भार समेत पर्दै गएको छ” श्रीसले भन्नुभयो “कक्षा ९ र १० मा कम्प्युटर इन्जिनियरको समेत पढाई हुन्छ भने प्राविधिक धार तर्फ तीन वर्षे डिप्लोमा कप्युटर इन्जिनियरीङको पढाई समेत भइरहेको छ ।”

विद्यालयले ८ वर्षदेखि आन्तरिक स्रोतबाटै विद्यालय नर्स कार्यक्रम लागु गरिरहेको बताउदै बागलुङ नगरपालिकाले अन्य विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु गरेपनि यस विद्यालयमा हाल सम्म नर्सको व्यवस्थापन नगर्दा आन्तरिक स्रोतबाट नर्स राख्न बाध्य भएको धौलागिरी बहिरा आवसीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी केबी राना मगरले बताउनुभयो ।

रानाका अनुसार विद्यालयमा डोल्पा, कैलाली, अर्घखाँची, कञ्चनपुर,बाँके, नुवाकोट र झापा लगायतका टाढाका जिल्लाहरुबाट समेत अध्ययनका लागि विद्यालयमा बहिरा विद्यार्थी आउने गरेका छन् । रानाले फरक क्षमता भएका, अभिभावकबाट अपहेलित भएको तथा समाजबाट समेत बहिराको नाममा अपहेलितहरुलाई हुर्काउने र पढाउने कार्यमा २०६४ सालबाट विद्यालय लागेको बताउनुभयो ।

“कान नसुन्नेलाई अपहेलानाको दृष्टिबाट हेरिन्छ, समाजले फरक ढंगले व्यख्या गर्दछ तर हामिले २०६४ सालमा विद्यालय खोलेर हुर्काउदै र पढाउदै गरेका छौं, तर राज्यले विशेष विद्यालयमा अलि बढी नजर दिन प¥यो, स्थानीय तहले दरबन्दी थप गर्ने र केही सञ्चालन खर्चमा सहकार्य गर्न आवश्यक छ” अध्यक्ष राना मगरले भन्नुभयो “आवासीय सुविधा सहितको व्यवस्थापन निकै गाह्रो विषय हो, उनिहरु अभिभावकबाट टाढा भएपछि, अभिभावक भनेको शिक्षक हो, भाषा बुझ्नै अर्को समस्या हुन्छ, उनिहरु बिरामी हुन्छन् अस्पताल पु¥याउने, उपचार गर्ने सबै जिम्मा हाम्रो छ ।”

बहिरा विद्यालयलाई सांकेतिक भाषाको प्रयोगबाट सिकाई गर्ने भएकाले धेरै विद्यार्थीलाई एकै पटक शिक्षण सिकाई गर्न समेत समस्या छ । नगरपालिकाले विद्यालय नर्स कार्यक्रम अन्य विद्यालयमा लागु गरेपनि आवसीय सहित फरक क्षमता भएका विद्यार्थी भएको विद्यालयमा नर्स राख्न नसकेको विद्यालयले जनाएको छ ।

विद्यालयले राज्यबाट आउने तलब तथा आवसीय सुविधा बाहेक वार्षिक १९ लाख अतिरिक्त खर्च गरेर विद्यालय सञ्चालन गर्दै आएको जानकारी दिएको छ । विद्यालयमा अहिले कक्षा ९ र १० मा कम्पुटर इन्जिनियर र डिप्लोमा तीन वर्षे कम्प्युटर इन्जिनियरको समेत पढाई हुने गरेको छ ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले धौलागिरी आवसीय विद्यालय र अन्य सामुदायिक विदालयलाई हेर्ने नगरपालिकाको नीति परिवर्तन गर्न आवश्यक रहेको भन्दै आगमी दिनमा एक विद्यालय एक नर्स कार्यक्रममा उक्त विद्यालयलाई छनौट गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *