पाँच महिनामा ४० प्रतिशत काम, भुक्तानी नुहँदा समस्या

आदर्श अनलाइन, बागलुङ

सम्झौता अवधीभित्र निर्माणको काम कम मात्रै सकिन्छ । निर्माणकार्य सुसतभएपछि अधिकांश स्थानमा निर्माण कम्पनीको चार्को आलोचना भइरहेको हुन्छ ।

ठेक्का मिति भित्रै काम सकेको उदारण कमैमात्र पाइरहेको सन्र्दभमा बागलुङमा रणनैतिक सडक पाँच महिनामा झण्डै ४० प्रतिशत काम सम्पन्न भएको छ । निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्रे गर्नेकाम सम्पनन गर्ने योजना अनुसार निर्माणकार्यमा उल्लेख्य प्रगती भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

३२ महिनामा सक्ने काम डेढ वर्षमै सक्नेगरी अहिले धमाधम काम भइरहेको छ । सडकस्तरोन्नती भइसकेपछि अहिले बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालय जिल्ला सदरमुकाम बागलुङ बजारबाट २० मिनेटमै पुगन सकिने भएको वडा अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो ।

अहिले बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालय सम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण गर्ने र सबबेस विछ्याउनेको काम सम्पन्न भइसकेको छ ।

सडकका लागि पूर्वाधार निर्माणको काम अनितम चरणमा पुगेको सडक कालोपत्रेको जिम्मा पाएको कर्ण विल्र्डसका प्रतिनिधि सन्दिप श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले निर्माण कम्पनीले डेढ वर्ष भित्रै सडक निर्माण सम्ने लक्ष्यका साथ काम गरेपनि भुक्तानी रोकिदा समस्या भएको बताउनुभयो ।

“अहिले भौतीक प्रगती ४० प्रतिशत भइसकेको छ, शुरुको मोविलाइजेशन १० प्रतिशत रकम संगै सडक चौडा पार्नका लागि मात्रै केही प्रतिशत रकम मात्रै भुक्तानी भएको छ, तीन करोडको बील बुझाएको नै महिनौ भयो, पुन अर्को भुक्तानीका लागि मागने समय भइसक्यो” श्रेष्ठले भन्नुभयो “काम दारपाल्न समस्या भएको छ, कामको प्रगतिका अनुसार भुक्तानी नहुँदा केही कामदार र उपकरणहरुलाई कटौतीगर्न बाध्य भएका छौं, अहिले घुम्ती सडकमा ढलान समेत थालेका छौं तर भुक्तानी नभएर काम प्रभावित बन्ने निश्चित छ ।”

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ बजार देखि सिगाना सम्मको सडक कालोपत्रेका लागि अहिले पूर्वाधारको काम अन्तिम चरणमा पु¥याएको निर्माण व्यवसायीको यहाँका स्थानीयले मुक्तकण्डले प्रशंसा गरेका छन् ।

सडक कालोपत्रेको जिम्मा पाएको ठेकेदार कम्पनीले कात्तिक पहिलो साताबाट काम शुरु भएकोमा अहिले ८ किलोमिटरमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु¥याएर कालोपत्रे गर्ने स्थानमा ग्राभेल र ढालन गर्ने स्थानमा ढलानको तयारी थालेको छ ।

उकालो, घुम्ती र चिसो स्थानमा ढलान र अन्यत्र कालोपत्रे गर्ने योजनाअनुसार निर्माण कम्पनीले दु्रत गतिमा काम गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण पोख्रेलले जानकारी दिनुभयो ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि कात्तिक पहिलोसाताबाट काम थालिएको थियो ।

“साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्ने गरी अहिले बोक्सेखाल्टाबाट सडक चौडा पार्नेकाम शुरु गरिएकोमा निर्माण व्यवसायीले सम्झौता अगावै सडक कालोपत्रे सक्ने देखिएको छ, तर आर्थिक संकटका कारण माथिबाट भुक्तानी आएको छैन, ३२ करोडको सम्झौतामा तीन करोड भन्दा बढी भुक्तानी दिन सकेका छैनौं” पोख्रेलले भन्नुभयो “हामीले माथी अर्थमा ताकेता गरेका छौ बजेट आउदासाथ भुक्तानी गर्नेछौं, निर्माणव्यवसायीले राम्रोकाम गर्दा नियमित भुक्तानी गर्न आवश्यक भएपनि आर्थिक संकटका कारण समस्या भएको हामीले स्विकार गर्नै पर्दछ ।”

ठेक्का सम्झौता भएको ६ वर्ष सम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ अछेते खण्ड कालोपत्रे हुन नसकिएको अवस्थामा ग्रामिण सडकको रुपमा रहेको उक्त सडक भने कालोपत्रेका लागि धमाधम काम अगाडी बढ्नु सखद् रहेको स्थानीय सुर्य बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

साढे दुई वर्षमा कालोपत्रे गरिसक्ने गरी चालु आर्थिक वर्षमै पूर्वाधारको काम सक्ने गरी निर्माण कम्पनीले कामलाई तिब्रता दिएपछि स्थानीयहरु समेत खुसी भएका छन् ।

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट ८ किलोमिटर सडक कालोपत्रे गरिने छ । निर्वाचन क्षेत्र एक रणनैतिक सडक सोही क्षेत्रका अघिल्ला प्रत्यक्ष निर्वाचित सांसदहरुको सिफरिसमा छनौट भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *