धौलागिरी बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व


आदर्श अनलाइन, बागलुङ
धौलागिरी बहुमुखी क्याम्पस बागलुङले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबै संगठनहरुको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन गरेको हो ।

स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसको सभापतिमा सुदिप सागर कँडेल सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाल बिद्यर्थाी संघको तर्फबाट उहाँ सभापति बन्नुभएको हो । उपाध्यक्षमा नेविसंघकै दिपक सुवेदी र सचिवमा अनेरास्ववियुका अनिल शर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । सह–सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का खिमानान्द कँडेल र कोषध्यक्षमा नेविसंका सृष्टि आचार्य चयन हुनुभएको छ ।

सदस्यहरुमा कृष्ण बहादुर अठारे, सुनिल गौतम, बिसाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवि रोका रेखा शर्मा, तस्लिमा मियाँ, दिवस खड्का र सुदन बिक चयन हुनुभएको निर्वाचन अधिकृत गोविन्द गौतमले बताउनुभयो । यसअघी बिद्यार्थी संगठनहरुका बीच बिबाद हुँदा चैत ५ गते निर्वाचन हुन सकेको थिएन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *