सहकारीमार्फत उत्पादनमा आधारित अनुदान अभियान थाल्छौँ : अध्यक्ष थापा

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारीमार्फत उत्पादनमा आधारित अनुदान अभियान थाल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा गाउँपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बनाउनु भएको हो ।

सहकारीलाई सदस्यहरुको आर्थिक स्तर उन्नतीसंगै क्षमता विकासमा समेत केन्द्रीत गर्नु पर्नेमा जोड दिदै उहाँले गाउँपालिकाले सञ्चालन गर्ने अनुदानका कार्यक्रमहरु उत्पादनका आधारमा सञ्चालन गरिने बताउनु भएको हो ।

No description available.

सहकारीको दिगोपना : स्वनियमन र सुशासन भन्ने नाराका साथ समारोहमा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम सहकारी अभियन्ता राम बहादुर जि.सी, काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, काठेखोला–१ का वडा अध्यक्ष खडक थापा, प्रवक्ता टिका संगम वि.क., राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, रेश साना किसान कृषि सहकारी संस्था रेशका अध्यक्ष उजेली शर्मा र गाजा वचत तथा ऋण सहकारी संस्था लि.काठेखोला–६ का प्रवन्धक नरेन्द्र कँडेल लगायतका ब्यक्तिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

No description available.

काठेखोला गाउँपालिका आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत काठेखोला–६ का वडा अध्यक्ष बृहस्पति कँडेल र सञ्चालन गाउँपलिका सहकारी शाखाका प्रमुख प्रकाश पौडेलले गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा काठेखोला गाउँपालिकाका सम्पुर्ण सहकारी संस्थालाई कार्यालय प्रयोजनका लागि सहकारीको सात सिद्धान्त लेखिएको आकर्षक ब्यानर समेत वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *