डम्मर बुढा मगर, बागलुङ
ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडी सडक पुग्यो । सडक पुगेपछि अहिले स्थानीयले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । जिल्लाको विकट गाउँ मानिने मदमडाँडामा लामो समयसम्म सडक नपुग्दा स्थानीयको दैनिकीनै बदलिएको छ । म्याग्दीको सिमानासँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनु पूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् ।
गाउँपालिकाले अहिले गाउँसँगै अधिकांश बस्तीमा समेत सडक पु¥याएको छ । बस्तीमै सडक पुगेपछि स्थानीय खुसी भएको छन् । ताराखोला गाउँपालिका–५ मदमडाँडाका ४३ वर्षीय अम्मर घर्तीले गाउँमा सडक आएपछि गाउँलेहरुले जीवनशैलीनै बदलिएको बताउनुभयो । बजारभन्दा गाउँ निकै टाडा हुँदा यहाँका सयौँ नागरिकले घण्टौँ लगाएर नुन तेल जोहो गर्नु परेको घर्तीले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो–“फेँदीसम्म त १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेँदी पुगेर सामानहरु ल्याउने गथ्यौँ, त्यसभन्दा पहिला त बागलुङ बजार हटिया बजार जानु पथ्र्यो, त्यहाँ जान एक दिननै लाग्ने गथ्र्यो, अहिले त सामान घरमै आउँछ, गाडीहरु पनि गाउँमै आउँछन्, उतिबेला त महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनु पथ्र्यो, अहिले त्यो समस्या छैन ।”
गाउँपालिकाले पाँच वटै वडाका ठूली बस्तीमा सडक पु¥याएको छ । ताराखोला गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ । गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएपछि यहाँ उत्पादन भएका कृषि उपज वस्तुहरु बजारीकरणमा सहज भएको स्थानीय बिनोद घर्ती मगरले बताउनुभयो । सडकले गाउँहरु नजोडिँदाका बखत कृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको भन्दै अहिले सहज रुपमा बजार पाउने गरेको बताउनभुयो ।
उहाँ भन्नुहुन्छ– “सडकले गाउँ मात्रै जोडेको छैन, यसले त गाउँलेलाई आम्दानीसँग जोडेको छ, ताराखोलामा धेरै जसो कृषकको बसोबास छ, उनीहरुले धेरै थरीका खाद्यन्न उत्पादन गर्दै आएका छन्, अहिले पहिलेको जस्तो विक्री नहोला भन्ने चिन्ता हुँदैन, सररर गाडी आउँछ, यही आएर कृषकले बेच्न चाहेका सामानहरु लिएर जान्छ, पहिले गरिब भन्नेहरु अहिले आयआर्जनसँग जोडिएका छन्, उनीहरु धेरैको जीवनस्तर उकासिने क्रममा छ ।”
गाउँपालिकाले गाउँगाउँमा सडक बिस्तार गर्न हालसम्म करिब करिब २० करोड बढी लगानी गरि सकेको छ । स्थानीय ७० वर्षीया रुपकला घर्ती मगरले पछिल्लो एक दशक यता ताराखोलामा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । उहाँले गाउँमा कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार पनि सयमै गराउने पाएको बताउनुभयो । आफूहरुले २० वर्ष अगाडि बागलुङ, बुटवल लगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गरेको सम्झनुभयो ।
“विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी हिड्ने सडक थिएन, हामीहरु त साँघुरो गोरेटोमा हिँड्थ्यौ, बिजुली थिएन, टुकीको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन तेल ल्याउनका लागि हप्ता दिन लगाएर बटौली (बुटवल) जान्थ्यौँ” घर्तीले आफ्नो विगत स्मरण गर्दै भन्नुभयो– “अहिले त केही को कमी छैन, सबै थोक गाउँ घरमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराई तिर गए, अहिले यही तराई भयो ।”
ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाले यहाँका गाउँ बस्तीहरु छरिएर रहेको हुँदा एकै पटक विकास हुन नसकेको भन्दै अहिले ८५ प्रतिशत बढी बस्तीमा सडक पुगेको बताउनुभयो । भौगोलिक कठिनाईका बाबजुत पनि ताराखोलामा विकासका ढोकाहरु खुलेको उहाँको भनाई । पालिकाले नागरिकको आधारभूत आवश्यकताका आधारमा विकास निर्माणका काम गरि रहेको अध्यक्ष रोकाको भनाई छ ।
उहाँले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको भन्दै अहिले ति सडकहरुलाई फराकिलो र बाह्रै महिना यातायात संचालन हुने गरि काम गरेको बताउनुभयो । सडक विकासको मुख्य आधार भएको हुँदा गाउँपालिकाले पनि यसलाई प्राथमिकतामा राखेर बिस्तार गरेको उपाध्यक्ष रोका बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– “ताराखोला पहाडी इलाकामा पर्छ, एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, यद्यपी अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेको छ, यसले नागरिकको दैनिकीमा धेरै सहज पु¥याएको छ, गाउँपालिकासँगै प्रदेश सरकारको पनि लगानीमा सडकहरु निर्माण भएका हुन्, अझै केही बस्तीहरुमा पु¥याउनु पर्ने छ, ति बस्तीहरुमा पनि सडक पुग्छ, अब कच्ची सडकलाई व्यवस्थित बनाउन तर्फ लाग्ने योजना छ ।”
अहिले गलकोट नगरपालिकाको हटिया बजारदेखि हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रेको चरणमा रहेको छ । यस सडक ताराखोलावासीका लागि ‘लाइफ लाइन’ बन्ने छ । यो सडकले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा लिएको गाउँपालिकाले जनाएको छ ।