धवलागिरि क्याम्पसमा नवनिर्वाचित स्ववियु नेतृत्वको पदस्थापन

आदर्श अनलाइन, बागलुङ

धवलागिरि बहुमुखी क्याम्पसको नवनिर्वाचित स्ववियु नेतृत्वको पदस्थापन गरिएको छ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङले स्वतन्त्र विद्यार्थी युनियनको शनिबार सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।

बुधबार क्याम्पसको स्ववियु निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको पदस्थापन कार्याक्रममा सर्वसम्मत चउन भएका स्ववियु पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिनुभयो ।

स्ववियु अध्यक्षमा सुदिप सागर कँडेल, उपाध्यक्ष दिपक सुवेदी र सचिव अनिल शर्मा, सह–सचिव खिमानान्द कँडेल र कोषध्यक्ष सृष्टि आचार्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्ववियु सदस्यहरु कृष्ण बहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवि रोका रेखा शर्मा, तस्लिमा मियाँ, दिवस खड्का र सुदन बिकलाई प्रमाणपत्र दिइएको थियो ।

क्याम्पसमा ढिलै भए पनि सर्वसहमतिमा निर्वाचन सम्पन्न भइरहेकाले क्याम्पसको विकासमा थप सहयोग पुग्ने क्याम्पस प्रमुख प्रध्यापक डाक्टर राम प्रसाद उपाध्ययाले बताउनुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुदिप सागर कँडेलले क्याम्पसको समग्र विकासमा स्ववियुको भूमिका प्रभावकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीको सहजताका लागि ‘हेल्प डेक्स’ र प्रतिधा उजागर गर्न ‘कल्चर हाउस’ स्थापना गर्ने निर्णय गरेको कँडेलले बताउनुभयो ।

पदस्थापन कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष श्रीधर कँडेल, नेकपा एमालेका अध्यक्ष हिरा बहादुर केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चाका भिमलाल पोख्रेल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष लाल बहादुर थापा, निर्वतमान स्ववियु सभापती मनिष थापा, नेविसंका जिल्ला अध्यक्ष विशेष पराजुली, अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन कुँवर तथा र स्ववियुका सह–सचिव खिमानान्द कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम निर्वाचन अधिकृत गोविन्द गौतमको अध्यक्षता, शिव प्रसाद शर्माको स्वागत तथा धु्रव गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *