बागलुङमा पहिलोपटक खुल्ला व्यायमशाला स्थापना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पहिलो पटक खुल्ला व्यायमशाला स्थापना गरिएको छ । बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्नेगरी खुल्ला व्यायमशाला स्थापना गरेको हो । शारीरिक स्र्फूती र स्वास्थ्यका लागि आवश्यक व्यायमशाला नगरभित्रका नागरिकहरुले आवश्यकता अनुसार निःशुल्क रुपमा प्रयोगमा ल्याउने गरी खुल्ला व्यायमशाला स्थापना गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा बागलुङमा पहिलोपटक खुल्ला व्यायमशाला स्थापना गरिएको बागलुङ नगरपाकिलाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालकै लामो बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको ५६७ झोलुङ्गे पुल रहेको शहिद पार्कमा खुला व्यायमशाला सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिका–१ रामरेखाको शहिद पार्क तथा लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका नागरिकहरुलाई लक्षित गरी खुल्ला व्यायमशाला स्थापना गरिएको हो । “बागलुङ नगरपालिकाका नागरिकहरु बिहान र बेलुका शारिरिक स्फूर्तीका लागि हिड्डुल गर्ने गरिएको पाइएको छ, बागलुङ बजारको कोलाहलबाट टाढा रहन बाङ्गेचौर, लामो पुल, शहिद पार्क र मालढुङ्गा क्षेत्रमा पुग्ने गरेका छन्” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “मनिङ वाक र अवलोकनका लागि पुगेका नागरिकहरुले व्यायमशालालाई भरपुर प्रयोगमा ल्याउन सक्नेछन्, खर्च गरेर व्यायमशाला पुग्नेहरुलाई समेत खुला व्यायमशालाले राहत पुग्नेछ, खर्चको बचत संगै खुला प्रकृतिको आनन्द लिन सकिने छ ।”

व्यायमशालाले लामो पुलमा आउने नागरिक र शारिरिक सफूर्तीका लागि मर्निङ वाकका लागि आउने नागरकलाई सहज भएको स्थानीय राम शर्माले बताउनुभयो । शहर बजार क्षेत्रका नागरिकहरुको खानपान र रहनशहनका कारण अनिवार्य व्यायम गर्न आवश्यक देखिएकाले गत वर्ष देखिनै बागलुङ नगरपालिकामा खुल्ला व्यायमशाला स्थापना गर्न खोजिएकोमा यस वर्ष १५ प्रकारका खुला व्यायमशालाका सामाग्री ल्याएर व्यामशाला स्थापना गरिएको हो ।

धौलागिरी आर्युवेद औषधालय बागलुङका प्रमुख डा. सरोज कुमार रायका अनुसार डब्लुएचोको आर्थिक सहयोग तथा आर्युवेद विभागको समन्वयमा बागलुङ नगरपालिकाको रामरेखामा खुल्ला व्यायमशाला स्थापना गरिएको बताउनुभयो ।

आर्युवेद, शारिरिक अभ्यास, योग तथा खानपानमा शहर बजारका नागरिकहरु सचेत रहन आवश्यक रहेको बताउदै डा. रायले खुला व्यायमशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारिरिक अभ्यासको माध्यम बन्ने बताउदै बागलुङमा पहिलो पटक स्थापना भएपनि नेपालका विभिन्न स्थानमा खुल्ला व्यायमशाला स्थापना संगै भरपुर प्रयोगमा आइरहेको पाइएको छ ।

“अहिले शहर बजारमा शारिरिक कामहरु कम हुनेभएकाले शारिरिक स्फूर्तीका लागि जिमहल जाने, मर्निङ वाक जाने लगायतका काम भइरहन्छन्, तर खर्च गरेर जिम हल जानेहरु युवा पुस्ता मात्रै छन्, तर जेष्ठ नागरिकहरु बढी मर्निङवाक गर्न रुचाउछन् तर उनिहरुलाई हल्का फुल्का शारिरिक अभ्यासका लागि खुल्ला व्यायमशाला निकै प्रभावकारी बन्नेछ” डा. रायले भन्नुभयो “पछिल्लो समय आर्युवेद औषधी, योग, ध्यान तथा व्यायमशालाप्रति आकर्षण बढ्दो छ, खुल्ला व्यायमशाला आम नागरिकको पहुँचामा पुग्नेछ, भने स्वाथ्यप्रति नागरिक सचेतना वृद्धि हुनेछ ।”

लामो पुल स्थित शहिद पार्क भित्र खुल्ला व्यायमशाला स्थापानासंगै स्थानीयहरुलाई सहज भएको छ । गत वर्ष आर्युवेद विभागले गण्डकी प्रदेशको राजधानीमा तीन वटा खुल्ला व्यायमशाला स्थापना गरेपछि बागलुङमा खुला व्यायमशाला स्थापनाका लागि पहलभइरहेको थियो । अहिले १५ प्रकारका सामाग्री जडित खुल्ला व्यायमशाला स्थापना गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *