म्याग्दीमा पर्यटक बोकेको बस दुर्घटना, चार जना घाइते

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको अन्नपूर्णमा पर्यटक सवार सब दुर्घटनामा परेको छ । शुक्रबार काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिँडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको म्याग्दी संवाददाता अमृत बास्कुनेले जानकारी दिनुभयो । बस साढे ९ बजे दुर्घटनामा परेको घाइतेको अवस्था सामान्य रहेको बास्कुनेको भनाई छ । घाइते चारै जनालाई म्याग्दी अस्पताल बेनी पठाइएको उहाँको भनाई छ ।

२१ जना यात्रु, दुई चालक सहचालक गरि बसमा २३ जना सवार रहेको उनको भनाई छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार गरि रहेको उाँको भनाई छ । अन्य यात्रु सकुशल रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *