तंग्रामको खोर ताल संरक्षण गर्दै गाउँपालिका


आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा मुलहरु सुक्दै जान थालेका छन् । बर, पिपल चौतारी र पोखरीहरु क्रमश मासिदै जाँदा मुलहरुमा समेत प्रत्यक्ष असर पर्न थालेपछि बागलुङको काठेखोला गउँपालिकाले बस्ती माथीको ताल संरक्षण गर्न थालेको छ ।

काठेखोला गाउँपालिकाले वडा नम्बर ४ तंग्रामको शिरमा रहेको खोरताल संरक्षण गर्न थालिएको छ । पछिल्लो समय खोरताल विस्तारै सुक्दै गएपछि ताल मुनीका मुहानहरुमा समेत असर पर्ने देखिएपछि ताल संरक्षण थालेको काठेखोला गाउँपालिकाले जनाएको छ ।

ताल संरक्षण संगै ताल मुनीका मुलहरु सिञ्चित हुँने र तालको रमणीय दृश्यका लागि आन्तरिक पर्यटकहरु समेत भित्राउने लक्ष्यका साथ अहिले ताल संरक्षणको काम भइरहेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संघम बिकले जानकारी दिनुभयो ।

पौराणीक ताल पछिल्लो समय सुक्दै गएको छ, ताल पुरिन थालेपछि संघीय सरकार, गण्डकी प्रदेश सरकार स्थानीयको श्रमदान गरी रु. ३३ लागतमा अहिले ताल संरक्षणको काम भइरहेको बिकले जानकारी दिनुभयो । ताल झण्डै १५ रोपनी जग्गामा फैलिएको को भएपनि पछिल्लो समय साँधुरिदै गएको छ ।

“ताल संरक्षण गर्दा ताल मुनिका एक हजार ५०० घरधुरीले उपभोग गर्ने विभिन्न मुलहरु जोगिने छन्, पर्यटकीय दृष्टिकोणले अत्यन्तै मनोरम क्षेत्र रहेको बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीय स्थलको रुपमा विकास गर्न गाउँपालिकाले डिपिआर अगाढी बढाएको छ” बिकले भन्नुभयो “पछिल्लो समय मुलहरु सुक्दा बस्तीमा खानेपानीको अभाव हुँने देखिएका कारण मुल जोगाउन ताल तथा पोखरी संरक्षणमा गाउँपालिकाको ध्यान गएको छ ।” पर्यावरण जोगाउनका लागि ताल तथा पोखरीको संरक्षण आवश्यक ठानेको गाउँपालिकाको भनाई छ ।

गाउँपालिकाका प्रत्यक वडाको बस्ती माथीका ताल तथा पोखरी संरक्षण गर्ने अभियान थालिएको छ । संघीय ससरकारबाट गाउँपालिकामा आएको रु. २० लाख अनुदान, गण्डकी प्रदेश सरकारको रु. १० लाख र स्थानीयको तीन लाख श्रमदान गरी रु. ३३ लाखमा ताल संरक्षणको काम भइरहेको छ । अहिले तालको पूर्वपट्टी आरसिसि पर्खाल लगाउने कार्य भइरहेको र तालको चारैतिरबाट पक्की पर्खाल लगाएपछि पुरिएको माटो निकाल्ने स्थानीय उपभोक्त समितिका अध्यक्ष तुल बहादुर थापाले जानकारी दिनुभयो ।

खोरतालमा पछिल्लो समय पानी घट्दे गएपछि सौन्दर्यता समेत हराउदै गएको छ ।
गाउँपालिकाको पहलमा ताल संरक्षण अभियान थाल्दा खुसी लागेको स्थानीय कुल प्रसाद थापाले बताउनुभयो । “पहिला ताल ठूलो थियो, ताल भरी पानी थियो, अहिले खडेरी धेरै पर्न गयो, ताल रसाएर सुक्न थाल्यो, जस्को प्रभाव ताल मुनीका मुलहरुमा समेत पर्न गायो” थापाले भन्नुभयो “ताल संरक्षण गरेर तालभरी पानी हुँदा ताल मुनिका मुलहरु जोगिने छन्, सिचाईको सुविधा हुनेछ र ताल हेर्न पर्यटकहरु समेत आउनेछन् ।”

गाउँपालिकाले बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि त्यहाँ पुग्ने पदमार्ग निर्माण गरेको छ । अहिले गाउँपालिकाले विस्तृत अध्ययन प्रतिवेदन डिपिआरको काम समेत भइरहेको जनाएको छ । जलवायु परिवर्तनको असरका कारण कुवा, मुल, ताल तथा पोखरीहरु सुक्दै जादा गाउँमा खानेपानीको अभाव भएपछि गाउँपालिकाले आगमी दिनमा अन्य वडामा रहेका ताल तथा पोखरीलाई संरक्षण गर्ने नीति लिएकोे छ । गाउँपालिकाले ताल तथा पोखरी संरक्षणबाट मुलहरु जोगाउने र पर्यटकहरु भित्राउने गरी बहुउदेश्यीय लक्ष्य लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *