करदाता सम्मान गर्दै बागलुङ नगरपालिका

आदर्श अनलाइन, बागलुङ
जिल्लाको बागलुङ नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको छ । करदाताहरुलाई प्रोत्साहन गर्दै नगरको आन्तरिक राजश्वलाई बढाउने योजना बनाएको नगरपालिकाले प्रत्येक महिनाको पहिलो दिन कर बुझाउन नगरपालिकाको राजश्व शाखामा पुग्नुभएको पहिलो करदातालाई सम्मान गर्न थालेको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख राजु खड्काले वैशाख महिनाको पहिलो करदातालाई आइतबार मायाको चिनो सहित सम्मान गर्नुभएको थियो ।

‘बैशाख महिनाको पहिलो करदाताको रुपमा यहाँलाई सम्मान गर्दछु’ लेखेको बागलुङ नगरपालिकाको लोगो सहितको मायाको चिनो र दोसल्लाले पहिलो करदाता बानपा ३ निवासी बन्दना श्रेठलाई सम्मान गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरवासीहरुलाई कर तिर्नका लागि आँफै प्रेरित गर्ने योजना बनाएर लागु गर्न थालिएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।

“करका विषयमा नागरिकहरुलाई सचेत बनाउने, कर बढाएर नभई दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाढी बढेको छ” खड्काले भन्नुभयो “अब करले हैन रहरले कर तिरौं भन्ने अभियान हो, मासिक रुपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करतादालाई सम्मान गर्न आइतबार बाट शुरु गरेका छौं, यसलाई मासिक रुपमा निरन्तरता दिन्छौं ।”

नागरिकले नगरपालिकालाई तिर्नुपर्ने बाहल कर, सम्पती कर, निकासी कर तथा सेवामुलक कर लगायतको दायारा बढाउदै आन्तरिक आम्दानीलाई बढाउदै गरेको छ । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा रु. ९ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हाल सम्म झण्डै ५० प्रतिशत अर्थात रु. पाँच करोड मात्रै कर उठेको छ । असार मसान्त सम्म राजश्व संकलन लक्ष्य नजिक सम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकाेटाले जानकारी दिनुभयो ।

आर्थिक संकटका कारण करतादाहरु कर तिर्नका लागि प्रोत्साहित नभएको सन्र्दभमा नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो । नगरपालिकाले करको दर बढाउन बन्दा दायारा बढाउदै आन्तरिक आम्दानीलाई वर्षेनी डेढ करोडका दरले बढाउदै लगिएको छ । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसार कर संकलन गर्नका लागि व्यवसाय क्षेत्रमा आएको गिरावट तथा आर्थिक संकट प्रमुख कारण देखिएको छ । पछिल्लो समय व्यवसायिक कर लक्ष्य अनुसार नउठेको नगरपालिकाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *