खेमराज गौतम, बागलुङ
बागलुङ बजार देखि भकुण्डे पुग्नका लागि तित्याङ्को बाटो प्रयोग गर्दा रिठ्ठे खोलामा साँघु तनुपर्ने हुन्छ ।
वर्खामा खोला बढ्दा साँघु पयौग नगरी भकुण्डे जान सकिदैन । बागलुङ जिल्ला सदरमुकाम नजिकै रहेर पनि साँघु तर्नु पर्ने बाध्यताको झोलुङ्गे पुल निर्माण संगै अन्त्य भएको छ ।
बागलुङ नगरपालिका–९ तित्याङ र नगरपालिका १० भकुण्डेको सिमानामा पर्ने रिठ्ठा खोलामा ७५ मिटरको झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपैयाँको लागनीमा निर्माण गरिएको पुल शनिबार उद्घाटन पछि सञ्चालनमा ल्याइएको हो ।
तित्याङ र भकुण्डेका सर्वसाधारणले ओहोर–दोहोर गर्ने खोलामा बर्षा याममा सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्दै आएकोमा अब त्यो समस्या टरेको स्थानीय श्री प्रसाद शर्माले बताउनुभयो ।
५३ मिटर लामो पुल ‘ रिठ्ठा खोला झोलुङ्गे पुल उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो ।
२०७७ साल मंसिरबाट निर्माण थालिएको पुल निर्माण सम्पन्न भएपछि शनिबार पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलव्धी रहेको बताउनुभयो ।
आफू शिक्षा मन्त्रीको नौ महिने कार्यकालमा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएको भन्दै अबको आवश्यकता शैक्षिक सुधार रहेको बताउनुभयो । पौडेलले समग्र बागलुङको विकासका लागि आफू खटिएको बताउनुभयो । उहाँले शैक्षिक सत्र शुरु भएको छ महिना वित्दा समेत विद्यार्थीको हातमा पुस्तक नपुग्ने समस्या सदाका लागि अन्त्य भएको बताउदै जनक शिक्षा सामाग्रीलाई परिमार्जन गर्नुको परिणाम अहिले देखिएको बताउनुभयो ।
“हाम्रै पार्टीको सरकार छ, अहिले शैक्षिक सत्र अगावै विद्यार्थीको हातमा पुस्तक पुगे यो सरकारको उपलव्धी हो” संघीय सांसद समेत रहनुभएका पौडेलले भन्नुभयो “आँफु शिक्षामन्त्री हुँदा जनक शिक्षा सामाग्रीमा नयाँ छपाई औजार ल्याएकाले संभव देखिएको हो, अब विद्यार्थीले पुस्तक नपाउने समस्या सदाका लागि हड्छ, शैक्षिक सुधारका लागि आफ्नो कार्यकाल निकै उपलव्धीमूलक भएको अहिले प्रष्ट भयो ।”
नेता पौडेलले अहिलेको सरकारले शुसासन, रोजगारी सृजना र भौतिक संरचनालाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा लागेको बताउनुभयो । सामुदायिक विद्यालय सुधार योजना अहिले कार्यान्वयन भइरहेको बताउदै पूर्व मन्त्री पौडेलले अब भौतिक पूर्वाधार पछि गुणस्तरीय शिक्षाको विकासमा अहिलेको सरकार लाग्नुपर्ने आफूले सुझाव दिएको बताउनुभयो ।
बागलुङको प्रतिनिधि भएर दोस्रो पटक संसद झिरेको बताउदै पौडेलले बागलुङका अधिकांश ठूला सडकका योजनाहरु अगाडी बढेको जानकारी दिनुभएको थियो । झोलुङ्गे पुलको जिल्लामा बागलुङ नगरपालिकाको तित्याङ देखि भकुण्डे पुग्ने अर्को नयाँ झोलुङ्गे पुल थपिदा स्थानीयलाई राहत भएको बताउनुभयो ।
सोही अबसरमा पौडेलले बागलुङ नगरपालिकाको सहयोगमा झप्री सामुदायिक भवन उपभोक्ता समितिले तयार गरेको सामुदायीक भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, पूर्व सांसद बलावती शर्मा, वडा अध्यक्षहरु तिलबहादुर थापा, राजु थापा, नेकपा एमालेका उपसचिव गणेश थापा, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लालबहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।