चिकित्सक थपिएपछि विरामीलाई राहत


आदर्श अनलाइन, बगालुङ
चिकित्सक अभावमा प्रभावित बन्दै आएको धौलागिरी अस्पतालको प्रसुती विभाग एक हप्ता देखि सक्रिय बन्योे छ । स्त्रीरोग विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसुती सेवा प्रभावित बन्दै आएकोमा एकै पटक दुई प्रसुती रोग विशेषज्ञ चिकित्सक आएपछि गर्भवतीलाई सहज भयो ।
चिकित्सक अभावमा सामान्य प्रसुती सेवा बोहकका अन्य सेवा प्रभावित बनेका थिए । अहिले अस्पतालमा जटिल प्रकारको शल्यक्रिर्यामार्फत समेत सुत्केरी गराउनेकार्य शुरु भएको छ ।

यस्तै तीन महिनादेखि बालरोग विशेषज्ञ चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा अहिले बालरोग चिकित्सक आएपछि सहज भएको छ । धौलागिरी अस्पतालमा चिकित्सक अभावका कारण प्रभावित बनेको नाँक कान घाँटी रोग विभाग बाहेकका सबै विभागहरु चिकित्सक आएपछि सक्रिय भएका छन् ।

धौलागिरी अस्पतालमा एकै पटक ११ तहका तीन चिकित्सक सहित ८ विशेषज्ञ चिकित्सक थपिएको धौलागिरी अस्पतालका प्रशासकीय अधिकृत तेज प्रसाद न्यूरेले जानकारी दिनुभयो ।

न्यूरेका अनुसार अहिले धौलागिरी अस्पतालमा सात जना छात्रावृति तर्फका विशेषसज्ञ समेत कार्यरत रहेको जानकारी दिनुभयो । ५० शैयाको धौलागिरी अस्पतालले अहिले १२६ शैयाको सुविधा दिइराखेको बताउदै न्यूरोले अहिले नाँक कान घाँटी बाहेकका सबै विभागमा विशेषज्ञ चिकित्सकद्वारा सेवा दिइराखेको सर्वसाधरणलाई जानकारी गाराउनुभयो ।

“धौलागिरी अस्पतालले कोरोना कहरपछि निकै राम्रो सेवा दिइराखेको अवस्था थियो, चिकित्सकहरुले धेरै नै थिए, अस्पतालको क्षमताले नभ्याउने मात्रै रिफर गरिन्थ्यो, तर पछिल्लो तीन महिना यता अस्पतालमा चिकित्सक ह्वातै हट्नुभयो, दरबन्दीका चिकित्सक सरुवा हुनुभयो, छात्रावृतिका चिकित्सक एकै पटक जानुभयो, मेडिकल अधिकृतको करार सकिएपछि गण्डकी प्रदेशले नविकरण गरेन” न्यूरेले भन्नुभयो “तीन महिना धेरै विभागमा विशेषज्ञ चिकित्सक अभावले समस्या ल्यायो, अत्यावश्यक विभागको रुपमा रहेको प्रसुती, आइसीयु, सर्जरी, बालरोग लगायतका सेवाहरुहरु समस्यामा थिए, अस्पतालमा एक महिनाको अवधीमा १२ विशेषज्ञ सहित मेडिकल अधिकृतहरु थपिएका छन्, अस्पतालमा चिकित्सक थपिएपछि विरामीलाई राहत भएको छ ।”

चिकित्सक थपिदा अस्पतालमा उपचारका लागि आउने नागकिहरुलाई पोखरा धाउनु पर्ने बाध्यताको अन्त्यका लागि सहज हुँने स्थानीय राम शर्माले जानकारी दिनुभयो । “अस्पतालले धेरै सेवा विस्तारका बावजुत समेत यो तीन महिना चिकित्सक घट्दा पुन आलोचित बन्यो, अहिले एकै पटक १२ चिकित्सक थपिदा नागरिकलाई राहत हुनेछ” शर्माले भन्नुभयो “अस्पतालको रिफरल सेन्टरको परिचय बदल्नका लागि अस्पताल प्रशासन, स्थानीय र सरोकारवाला लाग्नुपर्नेछ ।”

२३ दरबन्दी रहेको अस्पतालमा दरबन्दीका ८ विशेषज्ञ सहित छात्रावृति र करारका गरी अहिले २५ चिकित्सक कार्यरत रहेको धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.रवि रन्जन प्रधानले बताउनुभयो ।

तीन वर्षदेखि आफ्नो क्षमता बढाउदै आएको अस्पताल हाल २०० शैयामा स्तरवृद्धिको काम भइरहेकोमा तीन महिना देखि अस्पतालमा आधा चिकित्सक घट्दा सेवा प्रभावित भएकोमा हाल १२ चिकित्सक थपिदा अस्पतालका २४ वटा विभागनै पूर्ण रुपमा सञ्चालनमा आएको प्रधानले जानकारी दिनुभयो ।

उहाँले अब बागलुङमा सिटिस्क्यान र एमआरआई जस्ता ठूला उपकरणको सहायताले गरिने उपचारका लागि मात्रै रिफर गरिने बताउदै अस्पतालले दिने सेवामा व्यापक सुधार गरिरहेको बताउनुभयो ।

चिकित्सक अभावमा आइसियु र एनआईसीय जस्ता अत्यावश्यक सेवा प्रभावित बनेकोमा अहिले चिकित्सक आएपछि सहज भएको प्रधानले बताउनुभयो । अस्पतालको सुविधा सम्पन्न ‘सि’ ब्लकको भवन सम्पन्न नहुँदा सेवा प्रभावमा असहज भएको प्रधानको भनाई छ । अहिले कोरोना संक्रमण बढ्दै गएकाले २९ शैयाको आइसोलेसन वेड तयारी अवस्थामा राखिएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धौलागिरीमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा अस्पतालमा तीन महिना उपचार सेवा प्रभावित भएको थियो । चिकित्सका अभावमा प्रभावित बनेका प्रसुति विभागसंगै, बालरोग विभाग, नाक, कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग सक्रिय भएको हो । अहिले अस्पतालको ओपिडी शाखामा मात्रै दैनिक चार सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *