गुल्मीबाट बागलुङ आउदै गरेको जीप दुर्घटनमा सह–चालकको मृत्यु


आदर्श अनलाइन, बागलुङ
गुल्मीबाट बागलुङ आउदै गरेको जीप दुर्घटनमा सह–चालकको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–२ खल्टिङ भन्ने स्थानमा बागलुङको भिमगिठे तर्फ आउदै गरेको
लु १ च ९९११ को जीप गए राती दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ बल्गासका १८ वर्षीय किशोर केसीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डे बताउनुभयो ।

दुर्घटनमा बागलुङको बडिगाड–९ बल्गासका चालक २१ वर्षीय प्रेम बहादुर केसी घाइते हुनुभएको छ । घाइतेको पाल्पा मेडिकल कलेजमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *