चिसोले कठ्याङ्ग्रिएर ६० भेडा मरे, दर्जनौँ बिरामी

डम्मर बुढा मगर, बागलुङ
चिसोले कठ्याङ्ग्रिएर भेडा मर्दा कृषकले लाखौँको नोक्सानी व्यहोर्नु परेको छ । एक सातादेखि परेको अविरल वर्षाका कारण बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा कृषकले चरनका लागि ल्याएका ६० भेडा मर्दा करिब १० लाख क्षति भएको भेडापालक जोरप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

वैशाख ८ गतेदेखि लगातार पानी पर्दा घाँस र दाना खाना नपाउँदा भेडा मरेको घर्ती मगरको भनाई छ । घर्ती मगर भन्नुहुन्छ– “पानी परेको धेरै दिन भयो, सुरुमा केही दिन हिउँ पनि थियो, पानीले गर्दा घाँस घाटेर घुवाउन पनि सकेका छैनौँ, यहाँ हजार बढी भेडा भएको हुँदा सबैलाई काटेर खुवाउन सक्न अवस्था पनि छैन, अहिलेसम्म साढी बढी भेडा मरे अझै मर्दै छन् ।”

पातीहाल्ने क्षेत्रमा अहिले पनि निरन्तर बर्षा भइरहेको छ । चिसोले गर्दा जनजीन अत्यन्तै कष्टकर बनेको छ । हालसम्म जोरप्रसाद घर्ती मगरको २० वटा, सत गुरुङको २५, रास गुरुङको तीन वटा रप्रताप रोकाको १२ वटा भेडा मरेका छन् ।

मरेका भेडा केही खापामा छरपस्ट छन् भने केही गोठकै पल्टिएका छन् । बेसीमा घाँस सकिएपछि वैशाख ४ गते पातीहाल्ने भेडा लिएर आएको भेडापालक सत गुरुङले बताउनुभयो । अझै केही दिन निरन्तर वर्षा भए यहाँ भएका सबै भेडा मर्ने गुरुङ बताउनुहुन्छ । आफूहरुको मुख्य पेसा भेडापालन भएको भन्दै वर्षाले गर्दा एकै सातामा लाखौँ नोक्सानी व्यहोर्नु परेको गुनासो पोख्नुभयो ।

“भेडापालेरै परिवार चलाएको थिएँ, ३०० भेडा मध्ये २५ वटा मरे अझै मर्न थालेका छन्, निकै दुःख भयो, हाम्ले भेडा पाल्न थालेको धेरै वर्ष भयो, अहिलेसम्म यस्तो अनिस्ट भएको थिएन, अहिले गर्मी सिजन सुरु भएर पनि यस्तो चिसो छ, बर्खामा झै ठूला झरी परि रहेको छ, सबै सकिन्छन् भन्ने डर छ, बेसी लगौँ भने पनि भोकाएका भेडा बाटैमा मर्छन्, यहाँ यस्तो बिजोग भइसक्यो ।”

पाती हाल्ने क्षेत्रमा तीन वटै जिल्लाका भेडापालक कृषकहरु भेडा लिएर आएका छन् । उनीहरुको गोठ तथा वरपर धमाधम भेडा मर्न थालेका छन् । दिनमै दर्जन भेडा मर्ने गरेको उनीहरुको भनाइ छ । पातीहाल्ने क्षेत्र ३२ सय मिटरको उचाईमा पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *