जैमिनीमा बजार अनुगमन : डेण्टल क्लिनिकसहित दुई पसलमा लगाइयो चाबी

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । शनिबार जैमिनी नगरपालिका–१ कुस्मिशेरा बजारमा अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा प्रशासनले दुई वटा दर्ता बिनै संचालन गरेका एउटा डेण्टल क्लिनिक र किराना पसलमा ताल्चा लगाई दिएको छ ।

कुस्मिशेरा बजारमा दर्ता बिना संचालनमा रहेको मेरो डेण्टल क्लिनिक र एउटा किराना पसल बन्द गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका अद्याय समान फेला पारेको र उक्त सामानलाई बरामद गरि नष्ट गर्न नगरपालिकामा राखिएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ– “नगरपालिकासँगको सहकार्यमा बजार अनुगमन गरेका हौँ, अनुगमनका क्रममा दुई वटा पसलमा चाबी लगाएका छौँ, उनीहरुलाई जरीवाना पनि गर्छौँ, अन्य दुई वटा दुई वटा कस्मेटिक पसल दर्ता नभएको पाइयो, उनीहरुलाई पनि दर्ता गर्न लगाएका छौँ ।”

उहाँले धेरै पसलहरुमा मूल्य सूचिनै नराखेको पाइएको बताउनुभयो । व्यवसायीलाई एक हप्ता भित्र मूल्य सूचि राख्न लगाइएको सहायक प्रजिअ बरालको भनाइ छ । अब प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *