नगर अस्पतालमा अत्याधुनिक एक्सरे सेवा

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगर अस्पतालले अत्याधुनिक प्रविधिका एक्सरे सेवा सुरु गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । नगरबासी नागरीकलाई अत्याधुनिक सुविधा सहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसीन खरिद गरी सञ्चालनमा ल्याईएको बताउनुभयो ।

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट मार्फत रु. १६ लाख मुल्य पर्ने उक्त अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरीद गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुशिल पौडेलले जानकारी दिनुभयो । उहाँले यसभन्दा पहिले अस्पतालमा म्यानुअल एक्सरे मार्फत् सेवा दिदै आएकोमा अव भने सुविधा सम्पन्न डिजिटल एक्सरे मेसीनमार्फत् सेवा दिन थालिएको बताउनुभयो ।

डिजिटल एक्सरे मेसिनको सेवा सुरु भएसँगै अब भनें अस्पतालमा आउने बिरामीहरुलाई सहज हुने गलकोट नगर अस्पतालले जनाएको छ । शुक्रबारबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसीनबाट सेवा दिन थालिएको हो ।

अहिले गलकोट नगर अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्न थालेपछि आकस्मिक कक्ष (ईमर्जेन्सी सेवा) समेत सञ्चालनमा ल्याईएको छ । अस्पतालमा बिरामीहरुको भर्ना गरी चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *