मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघा बुद्ध विहारको उद्घाटन

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा अवस्थित उदय रिघा बुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गनुभएको छ ।

विहारको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस गुम्बा पर्यटकीय क्षेत्र भएकोले यसको विकासको लागि गण्डकी प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभएको थियो । उहाँले यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै गण्डकी प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरीकाले योजनाहरु अगाडि ल्याउने बताउनुभएको थियो ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङ मार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रहरुमा गण्डकी प्रदेशले निःशुल्क विद्युत्तको व्यवस्था गर्ने घोषणा समेत गर्नुभयो ।

उक्त गुम्बा संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा संकलित रु.८० लाख रकमबाट निर्माण गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा भिक्षु महासंघका केन्द्रिय सदस्य भान्ते निरांकरले उक्त उदय रिघा बुद्ध विहार भिक्षुहरुलाई हस्तान्तरण गर्नुभएको थियो । गुम्बा निर्माण समितीका अध्यक्ष शेर बहादुर घर्तीको पहलमा १२ वर्ष अघि शिलान्यास गरिएको गुम्बा निर्माणले सार्थकता पाएको हो । कार्यक्रममा संविधान सभा सदस्य नर बहादुर पुन निरज, गण्डकी प्रदेश सांसद् जित शेरचन, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा भिक्षु महासंघका केन्द्रिय सदस्य भान्ते निरांकरले शुभकामना मन्तव्य राख्दै उक्त उदय रिघा बुद्ध विहार भिक्षुहरुलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम गुम्बा निर्माण समितीका अध्यक्ष शेर बहादुर घर्तीको अध्यक्षता, गलकोट नगरपालिका वडा नम्वर ११ रिघाका वडा अध्यक्ष डम्मर बहादुर श्रीसको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *