बागलुङ बजारको सडक धमाधम कालोपत्र

खेमराज गौतम, बागलुङ

बागलुङ बजारको मुख्य सडक अहिले धमाधम कालोपत्र भइरहेको छ । अब बागलुङ बजारको सडकमा रहेका खाल्टाखुल्टीका कारण सास्ती खेप्न नपर्ने भएको छ । बागलुङ बजारका सडकमा लामो समयदेखि खाल्टाखुल्टी हुँदा यात्रुलाई समस्या भएको थियो ।

बागलुङ बजारमा खाल्टाखुल्टीका कारण दुर्घटना बढ्ने र नगरपालिकाको शौन्दर्यतामा समेत समस्या भएपछि बागलुङ बजारलाई खाल्टाखुल्टी मुक्त बनाउन धमाधम मुख्य सडकहरु कालोपत्रको काम धमाधम चलिरहेको छ । सडकमा खाल्टाखुल्टी पर्दा वर्खामा पानी जम्ने र हिउँदमा धुलो उड्ने समस्याले बागलुङ बजारका व्यवसायीहरुलाई समेत समस्या भएको थियो ।

बजार क्षेत्रमा एक वर्ष देखि समस्याको रुपमा रहेको खाल्टाखुल्टीका कारण सडाक जीर्ण भएपछि नगरपालिकाले नयाँ कालोपत्र थालेको हो । अहिले बजार क्षेत्रका ठूला तथा साना सडकमा धमाधम कालोपत्र भइरहेको बागलुङ नगरपालिकाको भनाई छ ।

अहिले बागलुङ बजारको ट्राफिक चोकदेखि हल्लन चोक हुँदै धौलागिरी चोक सम्मको सडक कालोपत्र सम्पन्न भइसकेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

“एक डेढ वर्षदेखि कालोपत्र उप्किएर बनेका खाल्टाखुल्टीका कारण बागलुङ बजारमा समस्या थियोे, नगरपालिकामा ढल परियोजना शुरु गर्ने योजना अनुसार कालोपत्रमा ढिलाई गरेका थियौ, तर सडकमा खाल्टाखुल्टी बढ्दै गएपछि अहिले दुई किलोमिटर सडक कालोपत्र गरिनेछ,” खड्काले भन्नुभयो “दुई किलोमिटर सडक कालोपत्र गर्दा बागलुङ बजारका मुख्य सडक खाल्टाखुल्टी मुक्त हुनेछ, नगरपालिकाको नयाँ नेतृत्वको पहिलो प्राथमिकता आकर्षक बागलुङबजार बनाउने योजना हो ।”

खड्काका अनुसार बजार क्षेत्रका अव्यवस्थित विद्युतीय पोल तथा तारहरु हटाउने, निर्माणधीन घरहरुको बाहिरी भागहरु प्लाष्टर गर्न लगाउने लगायतका कामले नगरपालिका शौन्दर्यकरणमा सहयोग पुग्नेछ । नगरपालिकाले अनावश्यक विज्ञापनबोर्डहरु समेत हटाईरहेको छ ।

बागलुङ नगरपालिकाले रु. एक करोड ३४ लाखको लागतमा सडक कालोपत्र गर्नका लागि सक्षम ब्रदर्शसंग ठेक्का सम्झौता गरेर धमाधम कालोपत्र भइरहेको हो ।

जेठ मसान्त सम्म कालोपत्र सकेर बागलुङ बजारको मुख्य सडकलाई चिल्लो र खाल्टाखुल्टी मुक्त बनाइने योजना अनुसार अहिले धमाधम खाल्टाखुल्टी सडकको मर्मत संगै कालोपत्रको काम भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर दिपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

रु. एक करोड ३४ लाख लागतको झण्डै दुई किलोमिटर सडक कालोपत्र हुँनेछ । लामो समय पछि नगरपालिकाले बजारक्षेत्रको जीर्ण सडक कालोपत्र थालेपछि स्थानीयहरु खुसी भएको राम शर्माले बताउनुभयो ।

“बागलुङ बजारवासीको मागनै खाल्टाखुल्टी मर्मत थियो, नाली सफाईको काम समेत राम्रो भएको थिएन, अहिले बागलुङ बजारमा धमाधम सडक कालोपत्र गरेर खाल्टाखुल्टी पुरिएका छन्, त्यसलाई यहाँका स्थानीहरुले सकरात्मक रुपमा लिएका छन्” स्थानीय राम शर्माले भन्नुभयो “बजार क्षेत्रमा गरिएको कालोपत्र गुणस्तरीय होस, अब नगरपालिकाको ध्यान ढल तथा नाली सुधारमा जान आवश्यक छ ।”

कालोपत्र सडक जीर्ण भएपछि खाल्टाखुल्टी बढ्द जादा यहाँका स्थानीयहरुले नगरपालिकाको चर्को आलोचना समेत गर्दै आएका थिए । बागलुङ बजारमा ढल विभागले एक अर्ब लगानीमा ढलको व्यवस्थापन तथा शुद्धिकरणको योजना ल्याउने भनिएपनि अहिले सम्म कार्यान्वयनमा जान सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *